Logo

विवादास्पद फिल्म पद्मावतीले तीन अर्ब भारु कमायो

स्तावेज,माघ २१ गते आईतवार,२०७४, काठमाडौं – सञ्जय लीला भन्सालीको विवादास्पद फिल्म पद्मावतीले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्मले भारतमा १६६ करोड भारु कमाइसकेको छ भने विश्वभरिमा गरेर यसले तीन अर्बको कमाइ गरिसकेको छ ।

यो फिल्म सफल हुनुका कारणहरू ,

रानी पद्मावतीका भूमिकालाई सशक्त बनाउनका लागि दीपिका पादुकोणले भरपूर मेहनत गरेकी छन् । उनको अभिनय, लूक्स र डाइलग डेलिभरी सबै पर्फेक्ट छन् । रणवीर सिंहले सनकी खिलजीको भूमिका राम्रोसँग निर्वाह गरेका छन् । ट्रेलर सार्वजनिक हुँदाखेरी नै उनको भूमिकाको प्रशंसा भएको थियो र फिल्ममा उनको ऊर्जाशील अभिनय देख्न पाइयो ।

आक्रामक खिलजीको विपरीत राजा रतन सिंहको शान्त र शालीन भूमिकामा शाहिद कपूरले पनि फिल्ममा छाप छोड्न सफल भएका छन् । राजपूतहरूको शान र आदर्शलाई राजाका रूपमा शाहिदले राम्रोसँग पर्दामा उतारेका छन् ।

फिल्मका निर्देशक सञ्जय लीला भन्साली आफ्ना फिल्महरू भव्य बनाउनका लागि सुप्रसिद्ध छन् । संगीत र फिल्मको प्रत्येक भिजुअलमा भन्सालीको पर्फेक्सन प्रस्ट देखिन्छ । सिनेमाटोग्राफी पनि उत्कृष्ट छ । फिल्मलाई विवादले पनि चल्नमा ठूलै भूमिका खेल्यो । फिल्मले राजपूती शानलाई सम्मान दिएर उनीहरूको शौर्यलाई राम्ररी देखाएकाले पनि चल्नमा सहायता गरेको भन्न सकिन्छ ।

एजेन्सी 

प्रतिक्रिया दिनुहोस्