Logo

एकै ठाउँमा उभिँदैछन् दुई कोरिया

स्तावेज, माघ ४ गते बिहिवार ,२०७४, — आणविक र क्षेप्यास्त्र परीक्षणका विषयमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीचको तिक्तता कायमै छ । तर लामो समयदेखि दुश्मनी गरिरहेका उत्तर र दक्षिण कोरिया बीचको तनाव कम भइरहेको देखिन्छ ।

उत्तर कोरियाले अघिल्लो वर्ष अनेकौं आणविक र क्षेप्यास्त्र परीक्षण गरेपछि दुई देशबीचको तनाव चरममा पुगेको थियो । तर सबै तनावलाई थाती राख्दै दुई देशले कुराकानी गरे र शीतकालीन ओलम्पिकमा भाग लिने निर्णय लिए । 

दुई देशबीचको मित्रतालाई संसारले व्यग्र प्रतीक्षा गरिरहेको छ । यसपाली शीतकालीन ओलम्पिक दक्षिण कोरियाले आयोजना गर्दैछ । ओलम्पिक फेब्रुअरी ९ देखि शुरु हुँदैछ । उद्घाटन समारोहमा दुवै देश एकसाथ एउटै झण्डामुनि देखिनेछन् । 

यो निर्णयलाई संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । दक्षिण कोरियाका अधिकारीहरूले उत्तर कोरियाका तर्फबाट ५५० सदस्यीय प्रतिनिधिमण्डल आउने यसको आधिकारिक घोषणा स्विट्जरल्यान्डमा गरिने बताएका छन् । 

एजेन्सी

प्रतिक्रिया दिनुहोस्