Logo

आफ्नै आँगनमा खेलिरहेका आठ वर्षीय बालक गोलीलागी मारिएपछि…

स्तावेज, माघ ४ गते बिहिवार ,२०७४,लखनउ – भारतको उत्तर प्रदेशमा आफ्नै आँगनमा हजुरबुवासँग खेलिरहेको एकजना आठ वर्षीय बालक अकस्मात प्रहरीको गोलीले मारिएको समाचारले त्यस क्षेत्रमा ठूलो आश्चर्य भएको छ । बुधबार अपरान्हमा सो दुर्घटना भएको हो । आफ्नो हजुरबुवासँग खेलिरहेको उक्त बालकलाई अकस्मात गोली लागेको बताइएको छ । 

उत्तर प्रदेशको मथुरा गाँउमा प्रहरी गएको भए पनि प्रहरी घटनास्थलबाट निकै टाढा रहेको रहेको तर गोली कसरी त्यहाँसम्म आइपुग्यो भन्ने बारेमा भने सबैलाई आश्चर्य लागेको छ । बच्चालाई गोली लागेको छ, उसलाई अस्पताल पनि नपुर्याउँदै निधन भएको छ, प्रहरी उक्त गाउँमा गस्तीमा गएको भए पनि घटना भएको समयमा प्रहरी निकै पर रहेकोले प्रहरीकै गोली लागेको भन्न निकै गाह्रो भएको छ ,सो गाउँका प्रत्यक्षदर्शीहरुले जनाएका छन् । 

मथुरा जिल्लाको एक गाउँका माधव भारद्वाज नामका ती बालकका हजुरबुवाले प्रहरीले नै गोली प्रहरी गरेको ठोकुवा गरेका छन् ।  सो घटनाका बारेमा प्रहरीले पनि अनुसन्धान गरिरहेको जनाएको छ । उसले गाँउलेहरुसँग यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । गाउँलेहरुले गोली हान्ने प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् । उनीहरुले अन्यथा सो गाउमा रहेको प्रहरी चौकी घेराउ गर्ने पनि चेतावनी दिएका छन् ।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्