Logo

सरसफाइ र सुरक्षा निकायसँग अन्तर्कृया कार्यक्रम सम्पन्न

सिन्धु पौडेल,दस्तावेज संवादादाता,पौष,१५ गते,शनीवार,२०७४, काठमाण्डौ – गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित संगम टोल वासीले ४ महिना अगाडी प्रकाश अधिकारीको अध्यक्षतामा गठन गरेका संगम टोल विकास समाज आफ्नो टोलको विकासमा निकै सक्रिय देखिएको छ । टोलको मूल प्रवेश द्धार निर्माण , सडक बत्ती, प्रत्येक घरलाई घर नं दिने तथा प्रत्यके हप्ताको शनिवार सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएर नमुना टोलको रूपमा विकास गर्न खोजेको छ ।

अघिल्लो महिना एक दिने फोहरमैला व्यवस्थापन तालिम पनि प्रदान गरिसकेको यस समाजका अध्यक्ष लगायत सबै अत्यन्त सक्रिय देखिन्छन्। आज बिहान पनि टोलको सरसफाइ गर्नुका साथै स्थानीय गोकर्ण प्रहरी विटका प्रमुख अर्जुन गिरीसंग टोलको सुरक्षा व्यवस्था र लागुपदार्थ विहिन क्षेत्र कसरी बनाउन सकिन्छ भनी अन्तर्कृया कार्यक्रम पनि सम्पन्न गरेको छ । सफा टोल नै आफ्नो पहिचान र परिचय अनि सभ्यता  सँग गासिएकोले आफ्नो टोललाई सभ्य टोल बनाउन खोजेको कुरा अध्यक्ष प्रकाश अधिकारीले बताउनुभयो । हालसम्मका सम्पूर्ण कार्यहरू टोल वासीको आफनै लगानीमा भएको र अन्य निकायबाट कुनै आर्थिक अनुदान लिन नपरेको कुरा अध्यक्ष अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्