Logo

रेशम चौधरीबारे राजपाको निर्णयः जनमतको कदर होस्

स्तावेज, पौष १३ गते विहिवार २०७४,काठमाण्डौं – राष्ट्रिय जनता पार्टी (राजपा) ले कैलाली–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रेशम चौधरीले प्रमाणपत्र पाउनुपर्ने निर्णय गरेको छ। २०७२ भदौमा एक नाबालकसहित सात सुरक्षाकर्मी हत्याका फरार अभियुक्त चौधरी मंसिर २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा भारी मतअन्तरसहित विजयी भएका थिए।

प्रमाणपत्र लिन उनी आफैँ उपस्थित हुनुपर्ने बताउँदै निर्वाचन आयोगले आफन्तलाई प्रमाणपत्र दिन अस्वीकार गर्दै आएको बेला बुधबार बसेको राजपा राजनीतिक परिचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो। आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिसकेको छ।

‘रेशम चौधरी जनताको अत्यधिक मत पाएर विजयी भएका हुन्’, पार्टी बैठकबारे जानकारी दिँदै राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले नेपालखबरसँग भने, ‘जनमतको सम्मान गर्दै उनलाई विजयी भएको प्रमाणपत्र दिनुपर्छ भन्ने बैठकले निर्णय गरेको छ।’

दुई वर्ष अघि टिकापुरमा एक बालक सहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका चौधरी मुख्य योजनाकार मानिएका छन्। उनले प्रतिनिधी सभा सदस्यमा वारेसनामाबाट उम्मेदवारी दर्ता गराएका थिए। स्थानीय कानुन व्यवसायीले फरार अभियुक्तले वारेसनामा राख्न नपाइने बताए पनि मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद आर्यालले रेशमको उम्मेदवारी दर्ता सदर गरेका थिए।

रेशम चौधरीबिरुद्ध कर्तव्य ज्यान मुद्धा, ज्यान मार्ने उद्योग र हातहतियार डकैटी सम्बन्धी ३ वटा मुद्दा जिल्ला अदालत कैलालीमा छन्। त्यही मुद्दामा २५ जना २ बर्षदेखि पुर्पक्षको लागी थुनामा छन् भने घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी दुई वर्षदेखि फरार छन्।  गत असारमा देउवा सरकारले हत्या आरोपी चौधरीलाई एक करोड ७४ लाख रुपैयाँ क्षतिपूर्ति दिएको थियो। भारत भ्रमणमा रहेका बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसँग चौधरीले नयाँ दिल्लीमा भेट गरेपछि कैलाली घटना अझ रहस्यमय मानिँदै आएको छ।

प्रदेशमा समानुपातिक प्रदेश सभा सदस्य छनौटमा सकभर समावेशी बनाउने निर्णय गरेको उनले जानकारी दिए। राष्ट्रिय सभा गठनका विषयमा एकल संक्रमणीय मतका आधारमा अघि बढ्नुपर्ने निर्णय राजपाले गरेको छ। राजपा–फोरम गठबन्धनलाई जनताको ठूलो सम्मान रहेको निष्कर्ष निकाल्दै निर्वाचनमा सहयोग गर्ने सबै पक्षलाई पार्टीले धन्यवाद ज्ञापन गरेको छ। गत असारमा देउवा सरकारले हत्या आरोपी चौधरीलाई एक करोड ७४ लाख रुपैयाँ क्षतिपूर्ति दिएको थियो।

थारु मतदाताको मन छुने भाषण भएकाले मतदातामा धेरै प्रभाव पार्ने गरेको उनको भनाई छ। बिभिन्न टोलमा मतदातालाई भेला गरेर ल्यापटपवाट रेशमले भाषणा गरेको भिडियो प्रस्तुत गर्ने गरेका छन । भावनात्मक रुपमा थारु समुदायका मतदाताको मत जित्ने प्रयत्न उनले गरेका छन्। थारुका लागि घर सम्पति, परिवार सबै गुमाएको र आफुले जितेमा मात्र थारुले अधिकार पाउने उनको अभिव्यक्ति छ।

स्थानीयसँग जोडिएका खानेपानी, नदी कटान नियन्त्रण, सडक, शिक्षा, श्वास्थ्य लगायतका बिकास गर्ने पनि उनले आश्वासन दिएका छन्। स्थानीय कानुन व्यवसायीले फरार अभियुक्तले वारेसनामा राख्न नपाइने भएकाले उनको उम्मेदवारी गैरकानुनी हुने तर्क गरे पनि मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद आर्यालले कानुनी रुपमा रेशमले उम्मेदवारी दर्ता गर्न पाउने भन्दै उम्मेदवारी  सदर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्