Logo

जापानको चर्चिंत पत्रिकामा एमाले अध्यक्ष केपी ओलीको चर्चा

ज्याक खड्का, दस्तावेज संवाददाता, मंसिर २८ गते शुक्रवार, २०७४,काठमाडौँ – जापानको चर्चिंत पत्रिकामा एमाले अध्यक्ष के.पी ओलीको राजनैतिक सफलतालाई स्पष्ट विश्लेषण गरिएको छ। ओलीको राष्ट्र प्रतिको स्वाभिमानको प्रशंसा गर्दै ओलीलाई एशिया कै उत्कृष्ट राजनैतिक नेता को रूपमा व्याख्या गरिएको छ। त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नै ठुलो तरङ्ग आएको बताएको केही क्षण मै नेकपा एमाले र नेकपा माओवादीको पार्टी एकीकरणको विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदायहरुमा खैलाबैला मच्चिएको  खबर प्राप्त भएको छ ।

तर वाम एकीकरणलाई लिएर भारतीय मिडियाले भनेको थियो , नेपालको कम्युनिस्ट पार्टीहरूको बहुमत आए नेपालमा चीनको प्रभाव बढ्ने भएकोले यसलाई रोक्न नेपाली काँग्रेसलाई जिताउन भारतले कुनै कसर बाँकी राख्न हुँदैन । मिडियाले थप्यो , यदि नेपालमा भारतीय प्रभाव बढाउने हो भने नेपाली काग्रेसलाई जिताउनुको कुनै विकल्प नरहेको स्पष्ट छ । तर अहिले नेपालमा वाम गठबन्धनको जित सँगै भारतीय मिडियामा नेपालमा अबको नयाँ प्रधानमन्त्री को हुने भन्ने कुराको विचार विमर्श भएको छ , उसले भनेको चुनाव पश्चात् केपी ओली प्रधानमन्त्री हुने ठोकुवा भारतीय मिडियाले लगाएका छन् । के साँच्चै अबको प्रधानमन्त्री केपी बलि होलान् त ? सबैको चासोको विषय रहेको छ ।

को हुन् ओली ?

नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा (केपी) ओलीको जन्म २००८ साल फागुन ११ गते भएको हो । अध्यक्ष ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ! उहाँले ५७ हजार १ सय ३९ मत ल्याउनुभएको  छ भने उहाँका निकटतम प्रतिद्दन्दी काँग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत पाउनुभएको हो  ।

एमाले संसदीय दलका नेता समेत रहेका ओली नेपालको ३८ औँ प्रधानमन्त्री बन्नुभएको थियो । उहाँ २०७२ असोज २४ गते नेपालको ३८ औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनु भएको थियो । विनाशकारी भूकम्पपछि नाकाबन्दीले नेपालीहरूको जनजिवन आक्रान्त थियो, राजनीतिमा इमानदारीता सक्किसकेको थियो,आम युवामा राजनीति र राष्टप्रति वितृष्णा थियो,विकासको भोक हराई सकेको थियो,हामी सपना देख्न पनि भुलिसकेका थियौ,तब बदल पारी चाँदिको घेराको अनुभूति नेपाली जनताले गरे।

संसदबाट प्रधानमन्त्रीको रूपमा बिदा हुँदा धेरै नेपाली जनताको मनमा बास गर्न सफल हुनुभयो, यो देशी विदेशी तत्वको खेल मैदानमा यति सजिलै यो दिन आउँछ भन्ने लगेको थिएन ,तरपनि नेपाली जनताको साथले निम्त्याएको सुखद भविष्य हाम्रो अगाडि छर्लङ्ग छ । त्यसअघि उहाँ गृहमन्त्री, उप प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री समेत हुनुभएको थियो । ओली २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । ओली २०५१ सालदेखि २०५२ सालसम्म गृहमन्त्री हुनुभयो । २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवं परराष्ट्र मन्त्री हुनुभयो ।

 बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट  तेह्रथुम जिल्लाको इवा गाउँमा जन्मेर २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेकपाको सदस्यता लिनुभएको थियो । उहाँ २०२८ सालको झापा आन्दोलनका प्रमुख मध्येका एक हुनुहुन्थ्यो । त्यही वर्ष उहाँ जेल पर्नुभयो । ओली तत्कालीन नेकपा (माले) को संस्थापक नेता समेत हुनुहुन्छ । पञ्चायती व्यवस्था विरुद्धको संंघर्षका क्रममा ओलीले २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन बिताउनुभएको छ । ओली २०४८, २०५१ र २०५६ को आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो ।

पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उहाँ झापाको क्षेत्र नं ७ बाट पराजित हुनुभयो । २०४९ सालमा नेकपा (एमाले) को स्थायी कमिटी सदस्य भएका ओली २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित हुनुभयो । दोस्रो संविधानसभा निर्वाचन २०७० मा उहाँ झापा क्षेत्र नं ७ बाट निर्वाचित हुनुभयो । हाल उहाँ नेकपा एमालेको संसदीय दलको नेता पनि हुनुहुन्छ । झापामा विध्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गर्नुभएको थियो । ओलीले झापाको आदर्श माध्यमिक विध्यालयबाट २०२८ सालमा प्रवेशिका परीक्षा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । भाषण गर्दा उखान–टुक्कालाई प्रयोग गर्ने बानीका कारण उहाँको भाषण धेरैले रुचाउँछन् । ओली हाल भक्तपुरको बालकोटमा बस्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्