Logo

चलचित्र ‘भैरे’ हाम्रो सपना हो

                         -देवीमाया अधिकारी

स्तावेज, मङ्सिर १७ गते, आइतबार, २०७४,काठमाण्डौं – पिता सोमनाथ अधिकारी र माता जानुका अधिकारीको कोखबाट मोरङको रंगोलीमा जन्मेर हाल काठमाण्डौंको कौशलटारलाई कर्मथलो बनाउनुभएकी देवीमाया अधिकारी सानैदेखि नेपाली सिनेमामा अत्यन्त रुची राख्नुहुन्थ्यो । त्यतिबेला नेपालमा चलचित्रहरुको विकास भएको थिएन । हलिवूड,वलिवूडमा भएको चलचित्रको विकासको तुलनामा नेपाली चलचित्रको गति निकै ढिलो थियो । स्तरिय चलचित्रहरु बनिसकेका थिएनन् । भारतीय चलचित्रको बोलवाला थियो । आफू नेपाली भएर पनि भारतीय चलचित्रहरु हेर्नुपर्ने बाध्यता थियो । भारतीय चलचित्रहरु नेपाली बजारमा छ्याछ्याप्ती भरिएर नेपालको लाखौँ रकम बिदेशिएको देख्दा उहाँको मन कताकता चसक्क दुख्दथ्यो ।

देवीमाया अधिकारी  नेपाली चलचित्रको स्तरियता र बजारिकरणको लागि सोच्नहुन्थ्यो । विदेशीहरूले उत्कृष्ट चलचित्र बनाएर विदेशी मुद्रा आर्जन गर्नसक्छन् भने हामीले किन नसक्ने ? उहाँको मानसपटलमा हरपल त्यही कुरा खेल्दथ्यो । उहाँ नेपाली चलचित्र क्षेत्रमा समय परिवेशका साथै नेपाली माटो सुहाउँदो एवं दर्शकहरुको चाहना अनुरूपको चलचित्र बनेको देख्न चाहनुहन्थ्यो ।

समयले साथ दिएमा भविष्यमा नेपाली चलचित्रको माध्यमद्धारा मनोरञ्जन दिने साथै व्यावसायिक रूपले सबल एवं सफल चलचित्र बनाउने उहाँको योजना थियो । जसले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सफल होस् । तसर्थ श्री अधिकारी त्यो दिनको पर्खाईमा हुनुहुन्थ्यो । उहाँको सानैदेखिको एकमात्र उद्देश्य नेपाली चलचित्रको क्षेत्रलाई अगाडी बढाउने रहेको थियो । उहाँ चलचित्रको माध्यमद्धारा नेपालको सामाजिक परिवेशमा आमूल परिवर्तन होस् भन्ने चाहनुहुन्थ्यो । नेपाली चलचित्र जगतमा एक कुशल निर्माताको अभाव खट्केको श्री अधिकारीले हमेशा महशुस गर्नहुन्थ्यो ।

तर आज समय बदलिएको छ ,नेपाली चलचित्रहरुले पनि नेपालमा राम्रो बजार लिनुका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सफल भएका छन् । नेपाली सिने बजारमा बर्सेनि दर्जनौं फिल्म बन्न थालेका छन् । कतिपय फिल्मले त अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न थालिसकेका छन् । कयौं नेपाली चलचित्रहरुले ओस्कार अवार्डको लागि नाम लेखाउने क्रम जारी छ ।

देवीमाया अधिकारीको नेपाली सिनेमाप्रतिको मोह, तीव्र ईच्छयाशक्तीका साथै श्रीमान कृष्णराज काफ्लेको प्रेरणा र निर्देशक एभरेष्ट सूर्य बोहराको आग्रहको कारण उहाँ चलचित्र भैरे मार्फत कार्यकारी निर्माताको रूपमा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको छ । निर्देशक एभरेष्ट सूर्य बोहरा निर्देशित चलचित्र ‘भैरे’ को कथाबस्तु वर्तमान अवस्थामा जल्दोबल्दो भएको एवं नेपाली सामाजिक परिवेशसँग मेल खानुका साथै उत्कृष्ट प्रस्तुति भएकोले प्रभावित भएर चलचित्र भैरे मार्फत कार्यकारी निर्माताको रूपमा आएको श्रीमती अधिकारीले बताउनुभयो ।

“ ‘भैरे’ चलचित्रबाट बर्षौंदेखिको मेरो चाहना आज पूरा भएको छ , “भैरे हाम्रो सपना हो”,यसलाई शिखर मा पुर्याउन हाम्रो टिम कटिवद्ध छ ” दस्तावेज डट कमको एक कुराकानी मार्फत उहाँले उत्साहित हुँदै भन्नुभयो ।

चलचित्र ‘भैरे’ नेपाली सिने जगतमा अहिलेसम्मकै अत्यधिक चर्चा परिचर्चा एवं उत्कृष्ट कथा,पटकथा,उत्कृष्ट टेक्निसियन,कथा,पटकथा,संवाद,संगीत,एवं सुपरहिट गीतहरुद्दारा निर्माण हुन लागेको दमदार प्रस्तुति बोकेको चलचित्र हो । दूर दराजमा छरिएर रहेका तमाम गाउँले युवकहरुको कथा बोकेको चलचित्र ‘भैरे’ मा दया दयाहाङले ‘भैरे’को ज्वलन्त भूमिका निर्वाह गर्दैछन् भने सुरक्षा पन्तलाई उनको जोडीका रूपमा देख्न पाईनेछ ।

‘भैरे’मा दर्शकहरूले रुचाएका सर्वाधिक हिट कलाकारहरू जस्तै दयाहाङ राई लगायत दर्शकहरुको मन मुटुमा बसेका जल्दा बल्दा कलाकार बुद्धि तामाङ,सफल अभिनय गर्न माहिर सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी, चर्चित नायक बिक्रान्त बस्नेत,जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरुका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधानलाई लिइएको छ ।

यस चलचित्रमा सुनिल थापा (रातेकाईंला), चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ (हैट) जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहने छन् भने बाल कलाकारहरुमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहने छ । पुरुषोत्तम प्रधानको छायाङ्कन रहने चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, वसन्त सापकोटा, अर्जुन पोख्रेल एवं चर्चित गायक एम बरालको सङ्गीत रहने छ । समग्रमा भन्नुपर्दा चलचित्र ‘भैरे’ आर्थिक,सामाजिक एवं मनोरन्जनको हिसाबले पनि निकै अगाडी बढ्नेछ ।

चलचित्र ‘भैरे’का निर्माता प्रेम प्रसाद पौडेल हुनुहुन्छ भने कार्यकारी निर्मातामा स्वयं देवीमाया अधिकारी रहनुभएको छ । निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा चर्चित गायक एम बराल, लेख बहादुर पुन : (डेनिम),देवीमायाँ अधिकारी र रघु पुरी सह-निर्माता रहनुभएको छ भने सूर्य थोकर र चन्द्र पन्तको द्दन्द निर्देशन रहनेछ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रको छायाङ्कन अवधि ४० दिन तोकिएको छ । आगामी तिजमा धुम धडाकासाथ चलचित्र प्रदर्शनमा आउने जानकारी चलचित्र युनिटले दिएको छ ।

भविष्यमा देवीमाया फिल्म्सको ब्यानरमा उत्कृष्ट फिल्महरु बनाएर नेपाली चलचित्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा चिनाउन लागिपर्ने उहाँको लक्ष्य रहेको छ । उदियमान कार्यकारी निर्माता देवीमाया अधिकारीको भविष्यको योजना छिट्टै पुरा होस् । दस्तावेज डट कमको तर्फबाट अग्रिम शुभकामना ! 

  Deepshikha Sharma

 [email protected]

प्रतिक्रिया दिनुहोस्