Logo

भोजपुरको दुई ठाउँमा बम विस्फोट, एमाले कार्यकर्ता र दुई प्रहरी घाइते

स्तावेज संवाददाता,मंसिर २ गते शनिबार २०७४,भोजपुर – भोजपुरमा अज्ञान समूहले राखेको बम पड्कदा प्रहरीसहित तीन जना घाइते भएका छन्। भोजपुरको उत्तरी षडानन्द नगरपालिका १३ भीरथाप्लामा बम पड्कदा युवा संघको सचिवालय सदस्य विक्रम राई गम्भीर घाइते भएका छन्। उनी टेम्के मैयु गाउँपालिकाको गाउँ पार्टी सचिवसमेत हुन् । घटनामा सुन्तले प्रहरी चौकीका असई उमेश मेहता र प्रहरी जवान देवनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते सबैको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ। उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिए । राई षडानन्द नगरपालिका दिङ्लामा चुनावीसभा सकेर मोटरसाइकलमा सदरमुकाम भोजपुर फर्कदै थिए। बम राखेको सूचना पाएपछि घटनास्थलतर्फ गएको प्रहरी टोली पुग्नासाथ बम पड्केको प्रहरीले जनाएको छ।

घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताए  । त्यस्तै भोजपुरकै साल्पा सिलिचो गाउँपालिका २ कुलुङमा पनि शनिबार बम विस्फोट भएको छ। वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार सुदन किराती र प्रदेशसभाका उम्मेदवार राजेन्द्रकुमार राईको चुनावी सभा नजिकै वम पड्किएको हो। बम बिस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्