Logo

भोजपुरमा दोहोरो भिडन्त, टाइमबम विस्फोट, दुईजना घाइते

स्तावेज संवाददाता,मंसिर २ गते शनिबार २०७४,भोजपुर – भोजपुरमा अज्ञात समूहले राखेको बम हटाउनेक्रममा प्रहरीसँग भिडन्त भएको छ । षडानन्द नगरपालिका–१३ बोयाको भीरथाप्लो भन्ने ठाउँमा राखेको टाइमबम हटाउनेक्रममा शनिबार दिउँसो ३ बजेतिर प्रहरी र अज्ञात समूहबीच दोहोरो भिडन्त भएको हो । टाइमबम राखिएको हल्ला चलेपछि हटाउन गएको प्रहरी र अज्ञात समूहबीच दोहोरो फायरिङ भएको हो ।

सो बम पड्किँदा छर्रा लागेर एकजना घाइते भएका छन् । घाइते नेकपा एमालेका कार्यकर्ता विक्रम राईको अवस्था गम्भीर रहेको जनाइएको छ । बम हटाउनेक्रममा पड्किएपछि भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गीतनारायण चौधरीले  जानकारी दिए । घटनामा एक प्रहरी पनि सामान्य घाइते भएका छन् ।

टाइमबम हटाउनेक्रममा पड्किएपछि दाहोरो भिड्न्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताए ।यसैबीच, शनिबार भोजपुरमै वाम गठबन्धनको कार्यक्रम भइरहेको स्थानमा पनि बम पड्किएको छ । साल्पा–सिलोचो गाउँपालिका–२ कुलुङमा भइरहेको सभामा बम पड्किएको हो ।

वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन किराती र प्रदेशतर्फका एक नम्बर क्षेत्रका उम्मेदवार राजेन्द्रकुमार राईको चुनावीसभानजिकै बम पड्किएपछि सभा तितर–वितर भएको थियो । बम प्रहारबाट कुनै क्षति भने नभएको घटनास्थलबाट उम्मेदवार किरातीका सहयोगी बलिरहाङ राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्