Logo

पत्रकार र सर्वसाधारण नागरिकलाई स्वेच्छाचारीपूर्ण गिरफ्तार गर्नेश्रृङ्खलाकोे सुरुवात गरेको भन्दै क्रान्तिकारी पत्रकार संगठनद्दारा विरोध

स्तावेज संवाददाता, कार्तिक २८ गते मंगलवार, २०७४, काठमाण्डौं   – सरकारले पत्रकार र सर्वसाधारण नागरिकलाई स्वेच्छाचारीपूर्ण गिरफ्तार गर्ने श्रृङ्खलाकोे सुरुवात गरेको भन्दै क्रान्तिकारी पत्रकार संगठन, नेपालले विरोध गरेको छ । 

संगठनका अध्यक्ष प्रभात चलाउनेले एक विज्ञप्ति जारी गर्दै पत्रकारहरुका घरमा खानतलासी गर्ने, परिवारका सदस्यलाई फोन गरेर मनोवैज्ञानिक यातना दिने कार्यको कडा शव्दमा विरोध गरेका हुन् । यसैक्रममा प्यूठानबाट प्रकाशित भइरहेको ‘प्यूठान भिजन’ मासिक पत्रिकाका सम्पादक जायेश्वर आचार्य र कार्यकारी सम्पादक पदमप्रसाद पोख्रेललाई प्रहरीले विना कारण गिरफ्तार गरेको सो संगठनले जनाएको छ । 

प्यूठानको ठूलोवेसीमा रहेको विध्यालयमा अध्यापन समेत गर्ने पत्रकार आचार्यलाई ठूलोवेसीमा आफ्नै कोठामा बसिरहेको बेला पक्राउ गरिएको हो भने श्रीमतीलाई उपचारका लागि अस्पताल पुगेका पत्रकार पोख्रेललाई प्यूठानको विजुवारबाट पक्राउ गरिएको हो  । नेपाल पत्रकार महासंघकाका सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका जिल्ला सदस्य  पत्रकारद्दयलाई गरिएको गैरकानुनी तथा स्वेच्छाचारपूर्ण गिरफ्तारीकोे संगठनले भर्त्सना गर्दै तत्काल रिहा गर्न माग गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस्