Logo

वलिवूडका सेलीब्रेटीहरुमध्ये कस्को पारिश्रमिक कति ?

स्तावेज संवाददाता,कार्तिक २३ गते बिहिवार, २०७४,मुम्बई – वलिवूडका स्टार्सले कति पारिश्रमिक लिन्छन् भन्ने सवालमा सबैका चासो नै हुन्छ । सबै कलाकारले फिल्म हिट भएसँगै कलाकारले आफ्नो पारिश्रमिक बढाउने गर्दछन् तर फिल्म फ्लप भयो भने पनि उनको फिल्म घट्दैन । कसले कति पारिश्रमिक लिन्छन् त? भारतीय एक मिडियाका अनुसार कलाकारको पारिश्रमिक एकनासको भने छैन ।
रणवीर सिंह

बाजीराव मस्तानीअघि रणवीर सिंहलाई ५ करोडको हाराहारीमा पारिश्रमिक आउने गर्थ्यो । तर यो फिल्मपछि उनको आफ्नो पारिश्रमिक बढाएर दश करोड बनाएका छन् ।

 वरुण धवन

वरुण धवनका आठ ओटा फिल्म प्रदर्शन भइसकेका छन् । कुनै पनि चलचित्रले नोक्सान पनि दिलाएका छैनन् । अहिले उनको पारिश्रमिक १० देखि १२ करोडसम्म रहेको छ ।

रणवीर कपूर

रणवीर कपूरका फिल्म फ्लप पनि भइरहन्छन् । तर उनको पारिश्रमिक भने २० देखि २५ करोडसम्म छ ।

 ऋतिक रोशन

ऋतिक रोशनले धेरै फिल्म खेल्दैनन् तर उनले एउटा फिल्मबाट मात्र पनि ३० देखि ४० करोडसम्म पारिश्रमिक लिने गर्छन् ।

  अक्षय कुमार

पारिश्रमिक धेरै लिने कलाकारमा अक्षय कुमार पनि पर्छन् । उनले एउटा फिल्मबाट मात्र ४० देखि ५० करोडसम्म लिन्छन् । त्यति मात्र होइन, उनले कुनै फिल्मबाट त फिल्मले कमाएको फाइदाको केही हिस्सा समेत लिने गर्छन् ।

आमिर खान

आमिर खानले चाहे भने उनले ५० देखि ६० करोडसम्म कमाउन सक्छन् । तर उनले भने फिल्ममा पारिश्रमिक लिने होइन, निर्माणमा नै हात हाल्ने गर्छन् ।

शाहरुख खान

शाहरुख खानको पनि पारिश्रमिक ४० देखि ४५ करोडसम्म पारिश्रमिक लिन्छन् । उनले पनि अहिले फिल्मको हिस्सा लिने गरेका छन् । कतिपय फिल्मले त एक सय करोडसम्म कमाउने गर्छन् ।

 सलमान खान

सलमान खान पनि पछिल्लो समय आफैले फिल्म निर्माणमा जुट्ने गरेका छन् । यदि उनले पनि पारिश्रमिक लिने हो भने ६० करोडसम्म उनले पारिश्रमिक लिन सक्छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्