Logo

समानुपातिक तर्फका उम्मेदवार सुशीला सिम्खडा चढेको मोटरसाइकलबाट प्रहरीले पेस्तोलसहित तीन राउण्ड गोलीे बरामद

स्तावेज संवाददाता, कार्तिक २२ गते,बुधवार,२०७४, काठमाण्डौं – नेकपा (माओवादी केन्द्र)की नेत्री तथा प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवार सुशीला सिम्खडा चढेको मोटरसाइकलबाट प्रहरीले पेस्तोलसहित तीन राउण्ड गोलीे बरामद गरेको छ ।

गोरखा आरुघाट गाउँपालिकाबाट बा ७३प ३३८६ नंको मोटरसाइकलमा चढेर भीमसेन गाउँपालिकातर्फ जाँदै गर्दा धावामा मोटरसाइकल चेकिङ गर्ने क्रममा प्रहरीले आज ९–एमएम पेस्तोल र तीन थान गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताउनुभयो । 

मोटरसाइकल चालक भीमसेन–४ का गुणप्रसाद खनाल फरार छन् । उनले बोकेको झोला खानतलासी गर्दा प्रहरीले सो हतियार र गोली बरामद गरेको हो । झोला छाडेर खनाल भागेको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । सिम्खडाले आफूले खनालसँग मोटरसाइकलमा ‘लिफ्ट’ मात्रै मागेको हुँदा हतियारको विषयमा आफूलाई केही जानकारी नभएको बताएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्