Logo

सहकर्मीको हत्या गरी फरार अभियुक्त पक्राउ

स्तावेज संवाददाता,आश्विन १३ गते सोमबार २०७४,नेपालगञ्ज – सहकर्मीको हत्या गरी फरार अभियुक्त रुकुम भूमे गाउँपालिका–८ रुकुमका २१ वर्षीय रणबहादुर रोकालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

अभियुक्त रोकाले गत भदौ ३१ गते राति बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका राप्ती नदी किनारमा सोही ठाउँ निवासी सन्तबहादुर पुनलाई दाउराको चिर्पटले टाउकामा हिर्र्र्काएर हत्या गरेका थिए ।

सो हत्यामा संलग्न अर्का अभियुक्त सोही स्थान निवासी ३९ वर्षीय अर्का रणबहादुर रोका अहिले फरार रहेको र उनको खोजतलास भइरहेको बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुधिर शाहीले पत्रकार सम्मेलनमा बताउनुभयो ।

लामो समयको अनुसन्धानपछि अभियुक्त २१ वर्षीय रोकालाई बाँके जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार दाङबाट पक्राउ गरी यहाँ ल्याएको हो ।

प्रहरीले लागुऔषध कारोबारमा संलग्न दुई अभियुक्त घोराही उपमहानगरपालिका–६ का ३१ वर्षीय प्रमोद पछाई र भारत बहराइच नानपाराका–२० वर्षीय सोनु राईलाई पनि सार्वजनिक गरेको छ । अभियुक्त राईलाई यही कात्तिक ८ गते भारतबाट ल्याउँदै गरेको करिब ३१ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्