Logo

एनआरएनएको अध्यक्षमा जमुना गुरुङको उम्मेदवारी घोषणा

स्तावेज संवाददाता, आश्विन २६ गते बिहिवार, २०७४,काठमाडौं –  गैरआवासीय नेपाली संघ ‘एनआरएनए’को अध्यक्षमा जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् ।  उनले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन् ।

 संघको आठौं विश्व सम्मेलन एवं महाधिवेशन आगामी शनिबारदेखि काठमाडौंमा हुँदैछ । संघले निर्माण गरिरहेका मेगा परियोजनालाई समयमै सम्पन्न गर्ने, ‘भिजन २०२० एन्ड बियोन्ड’लाई सफल कार्यान्वयन गर्ने योजना रहेको गुरुङले बताइन् । गुरुङ अष्ट्रेलियाका धनाढ्यहरुको पहिलो सूचीमा समेत रहेकी छन् । संघको नयाँ नेतृत्वका लागि यसअघि भवन भट्टले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

काठमाडौंको होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा उम्मेदवारी घोषणा गर्दै घलेले आफ्नो उम्मेदवारी महिलाले पनि नेतृत्व गर्न सक्छ भन्ने प्रमाणित गर्न भएको बताइन् । ‘अष्ट्रेलिया जस्तो अत्यन्तै प्रतिस्पर्धी समाजमा आफूलाई महिला उध्यमीको रुपमा उभ्याउन सफल भएँ । व्यवसाय वा समाजसेवामा म जहिले पनि आफ्नै पहिचानमा उभिन रुचाएँ र अहिले पनि त्यही गरेकी छु’ घलेले भनिन् ‘मेरो उम्मेदवारी संकिर्ण आँखाले नहेरी एउटा नेपाली नारीले संस्थाको नेतृत्वका लागि लिएको सकारात्मक पहलको रुपमा हेरिदिनु होला।’

उनले आफू विजयी हुँदा एनआरएनले शुरु गरेका ठूला परियोजना समयमै पूरा हुने बताएकी छन् । उनले सन् २००३ देखि सुरु भएको संघमा अहिलेसम्म महिला नेतृत्व नआएकोले पनि आफूले उम्मेदवारी दिएको बताएकी छन्। घलेलाई गुरुङ संघका वर्तमान अध्यक्ष तथा श्रीमान शेष घले, पूर्व अध्यक्ष देवमान हिराचन संघका वर्तमान संरक्षक इन्द्रा वनको समर्थन रहेको छ।

 एनआरएनका वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य हुन् । अष्ट्रेलियाकी ११ औँ धनी महिलाको रुपमा आफ्नो पहिचान बनाएकी छन्। उनी र उनका पति घलेले नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटल ‘होटल शेराटन’मा लगानी गरेका छन्। त्यस्तै पर्यटन उध्योग,जलबिध्युत र स्वास्थ्य क्षेत्रमा समेत लगानी गरेका छन् । उनको जन्म पहाडी जिल्ला लमजुङमा भएको थियो ।

घलेको उम्मेदवारी घोषणासँगै एनआरएको आगामी नेतृत्वको लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। यसअघि भवन भट्ट र टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् भने विहीबार घलेले उम्मेदवारी घोषणा गरेकी हुन्। भट्ट हालको कार्यसमिति उपाध्यक्ष हुने भने घले एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य हुन्। घले अष्ट्रेलिया, भट्ट जापान र कार्की कतारबाट प्रतिनिधित्व गर्छन् । विश्‍वका ७५ देशमा फैलिएको यो संघमा हाल ६५ हजार सद्सय रहेका छन् भने झण्डै २८ सय जनाले नयाँ नेतृत्वको लागि मतदान गर्ने छन्।

 

प्रतिक्रिया दिनुहोस्