Logo

डन्डीफोरको हटाउनको लागि लगाउनुहोस् अनुहारमा एक चम्मच नुन

नुहारमा पिम्पल आउने बर्सातको मौसम सकिएको छ । के तपाईकाे अनुहारमा पिम्पल आउन छाड्यो ? यदि हटेको छैन भने तपाईको छाला ओइली हुनुपर्छ । जसको त्वचा ओइली हुन्छ, त्यस्ता व्यक्तिले हरेक मौसममा पिम्पल आउने समस्या झेल्नुपर्ने हुन्छ । कस्मेटिक उपायबाट केही समयका लागि यसलाई ठीक गर्न त सकिन्छ, तर केही समय पछि पुनः पिम्पल देखिन थाल्छ । यसको अतिरिक्त कस्मेटिक साह्रै महंगा पनि हुन्छन्, र यिनमा मिसाइएको रसायनले छालामा नराम्रो असर पनि पार्छ । 

कहिलेकाँही तपाई सोच्नुहुन्छ होला कि, पिम्पलको समस्याबाट छुटकरा पाउन कुनै सजिलो प्राकृतिक तरिका छैन ? यकीन मान्नुहोस् यस्तो उपाय छ । र यस्तो उपायले पिम्पलको समस्याबाट सधैंका लागि छुट्करा पाउन सकिन्छ । यो उपाय महिला र पुरुषका लागि बराबर उपयुक्त हुन्छ । 

                                                    सुद्ध मह

यो आलेखमा हामी तपाईलाई नुनको प्रयोगबाट सजिलै पिम्पल हटाउने उपायबारे बताउँदैछौं । जसलाई तपाईले नियमित रुपमा अपनाउनुभयो भने पिम्पलबाट सधैंका लागि छुटकरा पाउन सकिन्छ । यो एउटा उपायबाट तपाईले क्लीन्जिङ, स्क्रबिङ र मस्चराइजिङको फाइदा लिन सक्नुहुन्छ । जसलाई त्वचाको कम्प्लिट देखभाल मानिन्छ । कुनै सिसाको भाँडोमा एक चम्मच  सिधे नुन राख्नुहोस् । त्यसमा सोही मात्रामा मह सिसाएर दुई मिनेटका लागि पर्खनुहोस् । 

                                        सिधे नुन

त्यसपछि अनुहारलाई सफा पानीले पाखाल्नुहोस् र अनुहारलाई सुक्न दिनुहोस् । त्यसपछि सिधे नुन र महको मिश्रण अनुहारमा लगाउनुहोस् । फेरि हातलाई सफा पानीमा हल्का भिजाउनुहोस् । भिजेको हातले अनुहारमा सर्कुलर मोशनमा विस्तारै स्क्रबिङ गर्नुहोस् । कम्तिमा ५ मिनेट स्क्रबिङ गरेर अनुहारलाई नर्मल पानीले धुनुहोस् । एक हप्तामा कम्तिमा दुईपटक यस्तो गर्नुहोस् । 

                                        नुन र महको मिश्रण

नुन एक एन्टी ब्याक्टेरियल प्राकृतिक क्लीन्जर हो । यसले गहिराइमा गएर त्वचाको सफाइ गर्छ । र ब्याक्टेरियाको नाश गर्छ । यस्तै मह प्राकृतिक मस्चराइजर हो । जसले त्वचालाई नरम बनाउनुका साथै त्वचामा निखार पनि ल्याउँछ ।

 प्रकाशित मिति, २०७४ साल आश्विन २५ गते, बुधबार  

 
प्रतिक्रिया दिनुहोस्