Logo

के तपाइँलाई सधै अल्छी लागिरहन्छ ? जिउमा फुर्ति आउँदैन ? यस्तो हुनसक्छ कारण

स्तावेज, आश्विन १७ गते मंगलबार, २०७४, काठमाडौं – यदि थकान जीवनको अभिन्न पाटो बनेको छ र आफ्ना सामान्य दैनिक कामकाजहरु पनि गम्भीर रूपले कठिन कार्यको रूपमा परिणत हुँदै गएका छन् भने होसियार हुनुहोस्, तपाईँ  त्यस्ता मानिसहरू मध्ये एक हुनुहुन्छ, जसलाई शरीरमा आवश्यक पर्ने लवणहरु पर्याप्त मात्रामा प्राप्तहुन सकेको छैन । त्यस्ता लवणहरु मध्ये मुख्य रूपमा फलामको कमीले यस्तो सधैँ थाकिरहने समस्या पैदा गर्दछ ।

फलाम शरीरमा ऊर्जा उत्पादनका लागि अनिवार्य छ । किनकि यो राता रक्तकोषको आधारशिला हो जसले शरीरभर अक्सिजनको प्रवाह गर्दछ । त्यसैले शरीरमा पर्याप्त फलाम तत्वको आपूर्ति भएन भने अक्सिजनको कमी हुनपुग्दछ अनि पर्याप्त ऊर्जा उत्पादन हुन पाउँदैन ।

छालाको रङ्ग पहेँलो जस्तो हुनु, मुटुको धड्कन जोडसँग चलेको अनुभूति हुनु तथा स्वासप्रस्वास पनि छिटोछिटो हुनु फलामको कमीको लक्षणहरु हुन् । टाउको दुख्ने, आँखा तिरमिराउने, कानमा टिनटिन आवाज आइरहने, कपाल झर्ने, हातखुट्टा चिसो हुने, निल्न गाह्रो हुने, जिउ चिलाउने, निद्रा राम्रोसँग नलाग्ने, भोक नलाग्ने, पेट दुख्ने, जिब्रो सुन्निने वा कडा भएर दुख्ने, नङ चम्चा आकारको तथा प्याट्ट भाँचिने बन्नु पनि फलामको कमीका लक्षण हुन् । शरीरमा फलामको पर्याप्त मात्रा आपूर्तिका लागि खानुपर्ने खानेकुराहरु :

· पर्याप्त रक्तफलाम हुने खानेकुरा जस्तै रातो मासु, कलेजो (हप्तामा ५ सय ग्राम सम्म) · मासुसँगै फलफूलको जुस पिउँदा शरीरले मासुमा भएको फलाम राम्रोसँग सोस्दछ · हरिया सागपातहरु प्रशस्त भोजन गर्ने · फर्सिको बियाँ, सूर्यमुखीको बियाँ · गेडागुडी, दाल, भटमास, अन्न आदि ।

प्रतिक्रिया दिनुहोस्