Logo

प्रयोगमा आएन गोरखा अस्पतालको एक्सरे मेसिन

 

                                                     फाईल फोटो

स्तावेज, आश्विन १७ गते मंगलबार २०७४ – गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरिद गरिएको अत्याधुनिक एक्सरे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् । पाँच सय एमए क्षमताको उक्त एक्सरे मेसिन थ्रिफेज विध्युत लाइन नहुँदा प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ। 

एक्सरे मेसिन सञ्चालनमा ल्याउन थ्रिफेज लाइन सहित एउटा ट्रान्सफर्मर अस्पताल परिसरमै राख्नुपर्ने भए पनि ट्रान्सफर्मर खरिद गर्न नसक्दा एक्स–रे सञ्चालनमा ल्याउन नसकिएको हो । करिब रु ५० लाख लगानीमा अस्पतालले एक्सरे मेसिन ल्याएको भए पनि बिरामीले सेवा नपाएका हुन् भने एक्स–रे गर्नका लागि निजी अस्पताल वा चितवन तथा काठमाडौँका अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ। 

अस्पतालका सूचना अधिकारी कृष्ण ढकालका अनुसार अहिले अस्पतालमा एक सय एमए क्षमताको पुरानो मेसिनबाट एक्स–रे गर्नुपर्ने बाध्यता छ । गोरखा अस्पताल १५ श्ययाबाट ५० श्ययामा विस्तार भए पनि गुणस्तरीय सेवा दिन नसकेको बिरामी गुनासो गर्छन् । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले अस्पतालको एक्सरे मेसिन सञ्चालनमा ल्याउन आवश्यक पर्ने विध्युतका लागि ट्रान्सफर्मर खरिद गर्न नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको बताए। 

रासस

प्रतिक्रिया दिनुहोस्