Logo

प्रधानमन्त्री देउवाले गुरुको हातबाट लगाए दशैंको टीका

 
 
 

स्तावेज, आश्विन १४ गते शनिवार, २०७४, काठमाण्डौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गुरु विनोद सापकोटाको हातबाट दशैंको टीका र जमरा ग्रहण गरेका छन् । प्रधानमन्त्री देउवाले गुरुको हातबाट ११ बजेर ५५ मिनेटको शुभ साइतमै टीका ग्रहण गरेका थिए ।

त्यसपछि उनले पत्नी आरजु राणा देउवालाई टीका जमरा लगाइदिएका थिए । उनले आरजुलाई टीका लगाइदिएर जमराको माला पहिर्याइदिए । त्यसपछि प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका लगाउन शितल निवास गएका थिए । शितल निवासबाट बालुवाटारमै फर्किएर देउवाले सरकारका मन्त्रीहरु, सुरक्षा अंगका प्रमुखहरु, पार्टीका नेता, कार्यकर्ता लगायतलाई टीका लगाइदिएका थिए ।

अपरान्ह चार बजेपछि मन्त्रीहरु, उच्चपदस्थ सरकारी अधिकारी र सर्वसाधारणलाई देउवाले टीका लगाइदिएको उनको प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । नेताहरु बालकृष्ण खाँड, उदय समशेर जबरा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलगायत उच्चपदस्थ अधिकारीहरु प्रधानमन्त्री देउवासँग टीका लगाउन बालुवाटार पुगेका थिए । बालुवाटार पुगेका सर्वसाधारणलाई पनि प्रधानमन्त्री देउवाले टीका र जमरा लगाइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्