Logo

नाट मिस एयर होस्टेज फेमिनाको उपाधि पूजा चौधरीलाई

दिपेन ढकाल,दस्तावेज संवाददाता,आश्विन ७ गते शनिबार,२०७४,काठमाण्डौं-विश्व मिडिया प्रा.लि.को आयोजनामा सम्पन्न भएको नाट मिस एयर होस्टेज फेमिनाको उपाधि पूजा चौधरीले हात पार्न सफल भएकी छिन् । पूजाले उपाधिसँगै डाइरेक्ट समिट एयर लाइन्समा एयर होस्टेज बन्ने सुनौलो अवसर समेत पाएकी छिन् ।

त्यस्तै उक्त प्रतियोगितामा फर्स्ट रनरअपको उपाधी पूजा पाठक ले हात पारीन् । पूजा पाठकले थाईल्याण्ड टुर टिकेट समेत पाएकी छिन् अनि नाट्को ब्रान्ड एम्बास्डर समेत बन्ने मौका पाएकी छिन्, सेकेण्ड रनरअप सानु तामाङले भने नाटमा जब पाएकी छिन् । त्यसै गरी अन्य दुई जनाले नाटको तर्फबाट १ लाख ७५ हजार रुपैयाँ र रु १ लाख ६० हजार बराबरको स्कलरसिप समेत पाएका छन् । टप ६ मा पर्न सफल ३ जना प्रतिस्पर्धीहरुले भने एभिएसन म्युजियममा जब पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्