Logo

पूर्वयुवराज पारस फेरी विवादमा

स्तावेज ,आश्विन ६ गते, शुक्रबार,२०७४,काठमाडौं –लामो समय थाइल्याण्ड रहँदा कन्निका चाइसर्नसँगको सम्बन्धका कारण चर्चामा रहेका पूर्वयुवराज पारस शाह फेरी विवादित बनेका छन् । चाइसर्नले बिहिबार राती आफ्नो फेसबुकमा पारससँगको निकटता झल्किने केही  तस्विर पोस्ट गरेपछि उनी फेरी विवादित बनेका हुन् । चाइसर्नले उनले बिहीबार राति करिब १० बजे पारससँगका चार फोटो पोस्ट गरेकी थिइन् ।

उनले पोस्ट गरेका तस्विरमा अधिकांश नेपालीहरुले कमेन्ट गरेका छन् । कमेन्टमा कतिपयले चाइसर्नलाई नेपाल आएर आफ्नो अधिकारका लागि लड्न आग्ह गरेका छन् भने कतिपयले नेपाली युवराजको तस्विर सार्वजनिक गरेको आपत्ति जनाएका छन् । कतिपयले युवराज भन्न पनि लाजमर्दो भएको भनेका छन् भने कतिपयले लामो इतिहास रहेको राजखानदानको ईज्यत राख्न नसकेकोमा पारसको आलोचना गरेका छन् । तर चायसर्नले कुनै पनि कमेन्टमा रिप्लाइ भने गरेकी छैनन् ।
 

एउटा फोटोमा कन्निका र पारस सेल्फी पोजमा छन् भने अर्काेमा उनीहरूसँगै अर्की युवती पनि छिन् । अर्काे एउटा फोटोमा पारस फोटो खिच्न लागेका देखिन्छन् भने कन्निका ल्यापटप चलाउँदै छिन् । कन्निकाले पारसको एक सिंगल तस्विरमा सोफामा बसेका शरीरको माथिल्लो भागमा कपडा लगाएका छैनन् । टेबुलमा पानीको बोतल, लाइटर, चुरोटको बट्टा र न्याप्किन बक्स पनि देखिन्छ ।

कन्निकाले तस्विर सार्वजनिक गर्नुको कारण भने उल्लेख गरेकी छैनन् । केही वर्षअघि पारस कन्निकाका साथ थाइल्यान्ड बसेका थिए । त्यतिवेला पारस गम्भीर बिरामी परेका थिए । कन्निकाकै कारण उनी थाइल्याण्डमा पटक पटक पक्राउ परेको चर्चा पनि बेला बेला सुनिन्छ । केही समययता भने पारस काठमाडौँ बस्न थालेका छन् ।
 लोकान्तर अनलाईनबाट
प्रतिक्रिया दिनुहोस्