Logo

संघीय संरचनाअनुसार नेपाली सेनाले थप्यो दुई पृतना

स्तावेज, भाद्र ३१ गते शनिवार, २०७४,काठमाडौं – मुलुक संघीयतामा प्रवेश गरेसँगै संघीय संरचनाअनुसार नेपाली सेनाले दुई पृतना थपेको छ । विगतमा पाँच विकास क्षेत्रमा एक/एक र काठमाडौं उपत्यकामा एउटा गरी ६ पृतना रहेकामा सात प्रदेशमा एक/एक र काठमाडौं उपत्यकामा एक गरी आठ पुर्याइएको छ।

‘सेनाको पछिल्लो पुनः संरचना र मुलुकको आवश्यकताका आधारमा सरकारले गरेको निर्णयबमोजिम आठ पृतना अहिले
बिध्यमान  छन् । थपिएका दुई पृतनाले पनि आफ्नो जिम्मेवारी सुरु गरिसकेका छन्’, नेपाली सेनाका प्रवक्ता सहायकरथि झंकरबहादुर कडायतले भने ।

सेनाले प्रदेश नं। २ र ५ हेर्नेगरी दुई पृतना थपेको छ । कडायतका अनुसार, प्रदेश नं। २ को पृतनालाई मध्यपूर्वी पृतना भनिएको छ भने ५ नं। को पृतनालाई मध्यपश्चिम नामांकन गरिएको छ । उत्तरपश्चिम पृतनाको मुख्यालय सुर्खेतमा छ । उक्त पृतनाले प्रदेश  नं.६ को सुरक्षा व्यवस्था हेर्ने जिम्मेवारी पाएको छ।

प्रतिक्रिया दिनुहोस्