Logo

कलंकीकी गृहणीलाई १ किलो सुन

स्तावेज भाद्र ३० गते शुक्रवार २०७४ – उपहार, चिट्टा, पुरस्कार उनको भाग्यमा आक्कल झुक्कल परी नै रहन्थे । सबैभन्दा ठूलो उपहार टिभीसम्म हात परेकी कलंकीकी ५० वर्षीया गृहणी कमला रिजाललाई शुक्रबारको बम्पर पुरस्कारले ठूलो सरप्राइज नै दियो ।

नजिकिंदै गरेको बडादशैको पूर्वसन्ध्यामा उनले कान्तिपुर पत्रिकाले गत चैत्रदेखि थालेको ‘कान्तिपुरको स्वर्णपुर’ ग्राहक योजनामा सहभागी भई बम्पर पुरस्कार बाफत १ किलो (८५.७ तोला) सुन प्राप्त गरिन् । ‘बम्बर पुरस्कारको लक्की ड्र कान्तिपुर टिभीमा ४ बजेपछि लाइभ देखाउने थाहा थियो’, दुई सन्तानकी आमा कमलाले टेलिफोनबाट भनिन्, ‘हेरौ न त भनेर टिभी हेर्न खोजेकी थिएँ बिजुली गएपछि वारितिर ओर्लिएँ, केहीबेरपछि घरको ल्याण्डलाइनमा आएको टेलिफोनबाट कुनै अपरिचितले १ किलो सुन परेको खबर सुनाउदै बधाइ दिए ।’

खासमा आफूलाई संघर्षमा विश्वास गर्ने महिलाको सूचीमा राख्ने गृहणी कमलाले पुरस्कारप्राप्त भएपछि यसलाई ‘भाग्यको कुरा हो’ भनी प्रतिक्रिया दिइन् । सानातिना पुरस्कार पाइरहने यि गृहणीले पन्ध्र वर्षदेखि कान्तिपुर पत्रिका पढ्दैआएकी छन् । हालै साउनमा यसै पत्रिकाको १ वर्षे ग्राहक बनेकी उनी एसएलसीसम्म पढेकी छन् । नक्सालमा माइतीघर भएकी यिनलाई पत्रिकामा स्वास्थ्य र साहित्य सम्बन्धी लेखरचना पढ्ने बानी छ ।

यिनका जेठा छोरा ३० वर्षीय संयोग प्लस टु सकेर अमेरिकाको वेष्टभर्जिनियामा बस्न थालेको १० वर्ष भइसकेको छ । छोरी २७ वर्षीया स्लेस्माले भर्खरै किस्ट मेडिकल कलेजबाट एमबीबीएस सकेर ट्रमा सेन्टरमा काम गरिरहेकी छन् । उनका पति धुव्रहरि रिजाल रामकोटमा रहेको एउटा औषधी उद्योगमा ११ वर्षदेखि सुपरभाइजर पदमा कार्यरत छन् ।

कान्तिपुर पत्रिकाको ग्राहक बनेर प्राप्त गरेको सुन बिक्री गरी छोरीलाई एमडी पढाउने कमलाको योजना छ । ‘छोरीलाई पैसा तिरेर डाक्टर पढाएँ, अब सुन बिक्री गरेर एमडी बनाउने छु,’ उनले भनिन् । कान्तिपुरले चैतदेखि थालेको ६ महिने कान्तिपुरको स्वर्णपुर ग्राहक अभियानको समापन कमलपोखरीस्थित सिटीसेन्टरमा गरेको थियो । त्यहाँ गरिएको लक्की ड्रमा उनको ग्राहक रसिद नम्बर ८३५२३ छानियो । उक्त कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

कान्तिपुर पब्लिकेसन्स प्रालिका एजिएम सुनिल वशिष्ठका अनुसार यस अभियानमा देशभरबाट हजारौं नयाँ ग्राहक सहभागी भएका थिए । कान्तिपुर र काठमाडौं पोष्टको नियमित ग्राहकहरु समय अवधी बढाएर यसमा सहभागी हन पाउने व्यवस्था गरिएको थियो । वितरण विभागका सहायक प्रवन्धक किशोर बस्नेतका अनुसार यस्मा हरेक हप्ता १ किलो चाँदी, हरेक महिना दश तोला सुन, नगद छुट लगायतका थुप्रै पुरस्कार थिए ।

   कान्तिपुर 

 

प्रतिक्रिया दिनुहोस्