Logo

सिरहामा बृहत् अामसभा सम्पन्न

मिना श्रेष्ठ,दस्तावेज, भाद्र ३० गते शुक्रवार २०७४ – ईटहरी नेकपा एमाले अर्नामा गाउँपालिका सिरहामा बृहत् अामसभा सम्पन्न भएकाे छ । कार्यक्रममा नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीकाे प्रमुख अातिथ्यता रहेकाे साे कार्यक्रममा अर्नामा गाउपालिका अर्नामाका नेपाली काँग्रेसका नेता हरुणी कामकीकाे नेतृत्वमा १२५ जना, साेही गाउँपालिका कृष्णपुरका सङ्घीय समाजवादी फाेरम नेता एवं जिल्ला युवा सङ्घका सचिव शिव शङ्कर महताे सहित १५० जना, वडा नं ३ का एमाअाेवादीका नेता झगरु महरा सहित ५० जना गरी जम्मा ३२५ जना एमाले प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई प्रमुख अतिथि कमरेड प्रदिप ज्ञवालीले माला र अतिथि पार्टी पाेलिटव्युराे सदस्य लालवावु पण्डितले अबिर लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा वाेल्दै सचिव ज्ञवालीले भने नेकपा एमाले मधेसमा नै जन्मेकाे पार्टी हाे । पार्टीहरूले शासन गरेकाे २८ वर्ष मध्ये करिब ४ वर्ष मात्र एमालेले सरकार सञ्चालन गर्याे । सरकार सञ्चालन गरेकाे वेला मधेस र मधेसी जनताकाे पक्षमा सबै भन्दा बढी काम एमालेले नै गरेकाे छ । सबैभन्दा बढी सरकार सञ्चालन गरेकाे काँग्रेस तराईमा रहेका नदीनाला भारतलाई बेच्ने, तराईको गरिबीमा खेल्ने, विकास निर्माणमा अाएकाे पैसा भष्टाचार गर्ने र भष्टाचारलाई संस्थागत गर्ने पार्टी हाे । अब मधेसकाे विषयमा फरक तरिकाबाट बहस चलाउनु पर्दछ भन्नूभयाे ।

मधेशवादी भनेकाे मधेशकाे समस्या देखाएर वार्गेनिङ मात्र गरिरहन्छन् । वास्तविक समस्याकाे बारेमा कुरा र काम गर्न चाहदैनन् । मधेस अान्दोलनकाे कारण see परीक्षामा प्रदेश नं २ का जिल्लाकाे रिजल्ट नराम्रो अाएकाे छ । मधेसका नेताका छाेरा छाेरी विदेश र काठमाडौका महँगो स्कुलमा पढाउने गरिबका छाेरा छाेरीलाई दुर्दशा र अशिक्षामा धकेल्ने र यसैमा राजनीति गर्ने काम गरेका छन् यसकाे अन्त्य गरिनु पर्दछ । याे चुनावले यसकाे छिनोफानो गर्ने छ र जनताले एमालेलाई विजय गराउने छन् ।

विशेष अतिथिको रूपमा वाेल्दै अर्का सचिव याेगेश भट्टराईले भन्नूभयाे मदन भण्डारी यही भूमिबाट एमालेकाे महासचिव हुनुभयाे । यस ठाउँमा हाम्राे इतिहास जाेडिएकाे छ । एमाले सँग मधेसीको भविष्य जाेडीएकाे छ । यहाँका माटाेले, वाटाे, हावा र पानीले एमालेलाई चिनेकाे छ । हामी मधेसमा विकासकाे मूल फुटाउन चाहन्छाै । वृद्ध भत्ता लगायत विषयमा दाेव्वर बनाऊ चाहन्छाै ।
कार्यक्रममा पार्टी पाेलिटव्युराे सदस्य लालवावु पण्डित, एमाले केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठ, युवा सङ्घ नेपालका केन्द्रीय सचिव माधव वास्ताेला, नेकपा एमाले युवा तथा खेलकुद विभागका सदस्य मिना श्रेष्ठ लगायतले वाेल्नुभएको थियो । कार्यक्रम युवा सङ्घ नेपाल जिल्ला अध्यक्ष वैजनाथ शाहले सञ्चालन र अध्यक्षता गाउँपालिका अध्यक्ष उमेदवार चण्डेश्वर यादवले गरेका थिए । सभामा हजारौँ जनताकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्