Logo

८ वर्षका बालकले दिए बाबु-आमालाई दागबत्ती

स्तावेज, भाद्र २९ गते विहिबार २०७४ –  मोटरसाइकल दुर्घटनामा बाबु-आमाको मृत्यु भएपछि ८ वर्षीय छोराले दागबत्ती दिएका छन्। दाङ शान्तिनगर गाउँपालिका-३ का ३० वर्षीय ढकबहादुर के.सी. र उनकी २९ वर्षीया श्रीमती सिता केसी सवार मोटरसाइकललाई आइतबार शम्शेरगन्जमा बसले ठक्कर दिएको थियो ।  मृतक के.सी. दम्पतीलाई उनका ८ वर्षीया छोरा प्रयत्‍न केसीले मंगलबार हिन्दु धार्मिक परम्परा अनुसार दागबत्ती दिएका हुन्। यस दम्पतीका १ छोरा र १ छोरी छन् ।

बाबु-आमाको मृत्यु भएपछि टुहुरा बनेका २ नाबालक साढे ३ वर्षकी सिम्रन केसी र ८ वर्षका प्रयत्‍न केसीको बिचल्ली भएको छ। ‘बुवा आमाको काखमा खाने, खेल्ने र हुर्कने बेलामा एकसाथ आमा बुवा गुमाएकी साढे ३ वर्षकी सिम्रन बाबु-आमा कहिले घर आउनुहुन्छ? भनेर प्रश्न गर्छिन्।

हामीसँग कुनै जवाफ छैन,’ सिम्रनका ठूलोबुबा दिल बहादुर केसीले गहभरी आँसु झार्दै भने। प्रयत्न कक्षा ३  र सिम्रनले भर्खर कक्षा नर्सरीमा पढ्दैछन् आमाबुवाको मृत्युपछि उनीहरुको लालन पालन, शिक्षा, दिक्षामा ठूलो समस्या आएको दिलबहादुरले बताए। अन्त्यष्टी नेपाली कांग्रेसका पूर्व सांसद् गेहेन्द्र गिरी लगायत सयौं शुभचिन्तकको उपस्थिति थियो।

 थाहा खबरबाट

प्रतिक्रिया दिनुहोस्