Logo

नायक नवराज श्रेष्ठ “द हाईल्याण्ड आर्ट ” को ब्राण्ड राजदूतमा नियुक्त

स्तावेज, भाद्र १६ गते,शुक्रवार,२०७४ ,काठमाडौं   नेपाली सिने क्षेत्रका कलाकारहरु ब्यबसायीक उत्पादनको ब्रान्ड एम्बास्डर बन्ने क्रम बढ्दैछ । आजकल स्वदेश लगायत बिदेशका थुप्रै स्टारहरुले वस्तु वा सेवाको प्रचार प्रसारमा समय खर्चिरहेका छन् । यस्तै ब्रान्ड एम्बास्डर कलाकारहरुको लाइनमा एक ईँटा थप्न सफल हुनुभएको छ नायक नवराज श्रेष्ठ । पछिल्लो समय निकै चर्चामा आउनुभएको सिने नायक तथा “ग्लोबल नेपाली फिल्म अवार्डका संस्थापक अध्यक्ष एवं समाजसेवी नवराज श्रेष्ठ “द हाईल्याण्ड आर्ट” को ब्राण्ड राजदूत (प्रवर्द्दन दूत )मा नियुक्त हुनुभएको छ ।

उक्त कुराको जानकारी “द हाईल्याण्ड आर्ट ” एण्ड “कल्पना ढाका बुटिक” की प्रोपाईटर तथा  महिला उध्यमी ,समाजसेवी एवं सु–प्रसिद्ध फेशन डिजाईनर कल्पना योङहाङ लिम्बुले दिनुभयो । नेपाली मौलिकताको परिचय दिने ढाका कपडा,अल्लो तथा खाडी कपडाको उत्पादन तथा डिजाईन गरी अनलाईन सपिङ मार्फत बिश्वभर बिक्री बितरण गरि प्रसिद्धी कमाएको “द हाईल्याण्ड आर्ट एण्ड कल्पना ढाका बुटिक ” ले आफ्नो सम्झौता अवधीभर सिने नायक नवराज श्रेष्ठलाई आफ्नो ब्यापारिक प्रयोजनको लागि प्रयोग गर्नेछ ।

तर कम्पनीले कती समयको लागि  के कति रकममा नायक नवराज श्रेष्ठलाईलाई नियुक्त गरेको भन्नेकुरा खुलाएको छैन । ब्रान्ड एम्बास्डर बन्दा कस्तो लाग्यो त  ? भनि सोधेको प्रश्नको जवाफमा नायक नवराज श्रेष्ठ भन्नुहन्छ,नयाँ काम गर्दा थप उत्साहित छु,रमाइलो अनुभव भइरहेको छ ।’ पहिलोपटक ब्रान्ड एम्बास्डर बनेका यी नायकको नयाँ अनुभव भएकाले “द हाईल्याण्ड आर्ट एण्ड कल्पना ढाका बुटिक”को ब्यापार प्रवर्द्दनमा आफूले सकेसम्मको प्रचार प्रसार गर्ने बताउनुभएको छ ।

सम्झौता अबधिभर नायक नवराज श्रेष्ठले बुटिकको कार्यक्रमहरुमा सहभागी हुने, “द हाईल्याण्ड आर्ट एण्ड कल्पना ढाका बुटिक”बाट उत्पादित तथा डिजाईन गरिएका बिभिन्न डिजाईनका पोशाकहरु सार्वजनिक गर्ने तथा स्वदेश लगायत बिदेशमा उक्त कम्पनीको प्रर्बद्धन गर्नुपर्ने छ । आफ्नो काँधमा थप जिम्मेवारी थपिएको भन्दै नायक नवराज श्रेष्ठले आफूले पाएको जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

पछिल्लो समय यो कम्पनीले स्वदेश तथा विदेशमा आफ्नो उत्पादनको प्रदर्शन,प्रवर्द्दन तथा बिक्री बितरण गरिरहेको छ । २०६४ सालमा स्थापित “द हाईल्याण्ड आर्ट एण्ड कल्पना ढाका बुटिक” कम्पनीबाट  २०० जना कामदारले प्रत्यक्ष रोजगार पाएका छन् ।

     – दीपशिखा शर्मा

[email protected]

 

प्रतिक्रिया दिनुहोस्