Logo

सिरियामा अमेरिकीे हवाई आक्रमण – ४२ सिरियाली सर्वसाधारणको मृत्यु

 

स्तावेज , भाद्र,६ गते मंगलबार,२०७४ – सिरियाली शहर राकामा अमेरिकी सैन्य गठबन्धनले इश्लामिक स्टेट ९ आइएस समूह विरुद्ध गरेको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना सर्वसाधारणको मृत्यु भएको सिरियाली मानव अधिकार अनुगमनकारी संस्थाले मंगलबार जनाएको छ ।

 सिरियन अव्जर्भेटरी फर ह्युमन राइट्सले एएफ्पीलाई दिएको जानकारी अनुसार घटनामा १९ जना महिला र १२ बालबालिकाको निधन भएको छ । अमेरिकाद्दारा सहयोगप्राप्त सिरियाली प्रजातान्त्रिक बलले सोमबार र मंगलबारको अमेरिकी हवाई आक्रमणपछि राकाको आधाभन्दा बढी भूभाग आइएसको कब्जाबाट फिर्ता लिन सफल भएको छ । अमेरिकी गठबन्धनले राकामा लगातार दुईदिनदेखि कारबाही जारी राखेको छ ।

 एएफपी

प्रतिक्रिया दिनुहोस्