Logo

राजविराजसहित सप्तरीका विभिन्न भू-भाग डुबानमा

सप्तकोशी नदीको पानी पसेर हनुमाननगर कंकालिनी नगरपालिका ७ र १४  मल्हनियाँ टोलका ३ सय १० घर डुबानमा परेका छन्, भने ५० परिवार विस्थापित भएका छन्। बाढीले तिलाठी कोइलाडी, सकरपुरा र बेल्हीको करिब ४ सय घरमा पानी पसेको छ। बाढीले बाँध भत्काउँदा बिरौल, देउरीभरुवा, डुमरी, शिवथान, फर्सैठ, पकरी, पौवा, पिपराही, मलेठ, राजविराज नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, ८ र १५ का बस्ती जलमग्न भएका छन्।

लगातारको वर्षाले छिन्नमस्ता गाउँपालिका १ फकिरामा मूर्ति नदीबाट आएको पानीले करिब ५ सय घर डुबानमा परेपछि इलाका प्रहरी कार्यालय सखडाबाट गएको प्रहरी टोलीले स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारेको छ। डाक्नेश्वरी नगरपालिका- ७ र ८ मा पसेको पानीले करिब १५० घर डुबानमा परेपछि पत्थरगाढास्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस क्याम्पबाट गएको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको

प्रतिक्रिया दिनुहोस्