Logo

कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित हुम्दीडाँडा गाउँ र लाम्पाटामा भीषण बाढी पहिरो,१५ घर पुरिएको आशंका

स्तावेज संवादादाता,श्रावण २५ गते बुधवार २०७४ पोखरा – कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित हुम्दीडाँडा गाउँ र लाम्पाटामा बाढी, पहिरोका कारण १५ परिवार विस्थापित भएका छन् । मंगलबार राति खहरे खोलामा आएको बाढी, पहिरो बस्तीमा पसेकाले स्थानीय विस्थापित भएका हुन् । मानवीय क्षति भने भएको छैन् । 

 गाउँ माथिको लेकमा रहेका गोठालाहरुले कराएर ठूलो पहिरो खसेको जानकारी गराएपछि स्थानीय बासिन्दा बेलैमा सचेत भएर जोगिएका थिए । केही चौपाया र साढे ३ सय कुखुरा रहेको देवीलाल लामिछानको कुखुरा फार्म बगाएको छ । बाढीका कारण केही घर पुरिएको छ भने केही घर भत्किएको छ । यस्तै केही पहिरोको उच्च जोखिममा परेको घटनास्थल पुग्नुभएका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार अहिले पानी पर्न केही कम भएको कारण बाढी पहिरोबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ ।  

बाढी पहिरोका कारण स्थानीय देवीलाल लामिछाने, जंगबहादुर बिक, प्रविण लामिछाने, काजी बिक, नरबहादुर बिक, कमला परियार, गंगाबहादुर बिक, राजमान बिक, प्रेमबहादुर बिक, दिननाथ पौडेल, गंगा आचार्य र हमलाल भूसालको परिवार विस्थापित भएका हुन् । पहिरो खसेर खोलामा पुगेको र मोटरेवल पक्की पुलमा ठोकिएर बस्तीमा पसेको हो । बाढी पहिरोले रिभानबाट हुम्दीतर्फ जाने दुईवटा मोटर चल्ने पुल र विध्युतको पोल पनि बगाएको छ । यसैबिच जिल्ला प्रशासन कार्यालय कास्कीले बाढी पहिरोबाट बिस्थापित भएकाहरुलाई जनही नगद १५ हजारका दरले राहत वितरण गरेको छ । 

प्रतिक्रिया दिनुहोस्