Logo

नेपाल बसेर अस्ट्रेलियामा आतङ्क मच्चाउने एक गिरोह पक्राउ

स्तावेज संवाददाता,श्रावण १८ , बुधबार २०७४ काठमाडौं  – उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् । उनी विरुद्ध नेपालमा मात्रै होइन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ । जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन ब्युरोले प्रक्रिया सुरु गरेको छ । उनलाई नेपाल डिपोर्ट गराउन ब्युरोले जर्मनीमा रहेको इन्टरपोल शाखासँग पत्राचार गरिसकेको छ। मलेसियामा रहेका २ नेपालीलाई झिकाउने प्रक्रिया अगाडि बढिसकेको छ । ब्युरोले उनीहरुलाई फर्काउन मलेसियामा रहेको इन्टरपोल शाखासँग समन्वय गरिरहेको छ ।

 नेपाल बसेर अस्ट्रेलियामा आतङ्क छातीमा गोली हानेर शव टुक्रा पारेर फाल्ने सन्देशले अस्ट्रेलियामा आतङ्क मच्चिएको थियो । एसएमएस पाउने व्यक्तिको संख्या बढेसँगै अस्ट्रेलियाको प्रहरीमा उजुरी संख्या बढ्यो। युरोप र अमेरिकी मुलुकमा आतङ्कवादी घटना बढिरहेका बेला यस्तो सन्देशले सनसनी मच्चिएपछि अस्ट्रेलियाली प्रहरीले अनुसन्धान अगाडि बढायो। अनुसन्धानमा सन्देशको उदगमस्थल नेपाल देखिएपछि इन्टरपोल मार्फत नेपाल प्रहरीमा सन्देश सहित रिपोर्ट आयो ।

केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्दा लहानमा रहेका कुमुदप्रसाद साह पक्राउ परे।  साहमाथि अनुसन्धान गर्दा ७ वर्षअघि सूचना प्रविधि दुरुपयोग गरी एक १६ वर्षीया किशोरीलाई दु:ख दिएको अभियोगमा अस्ट्रेलियामा एक वर्ष जेल बसेर नेपाल फर्काइएको खुल्यो। नेपाल फर्किएका उनी ६ वर्ष मौन बसे। फेरि अमेरिका जाने प्रयास गरे। आइएलटिएस पास गरेर अमेरिका जाने प्रक्रिया अघि बढाउँदा उनको आपराधिक रेकर्डका कारण रोकिएपछि आवेगमा आएर उनले नि:शुल्क एसएमएस पठाउन मिल्ने साइटको प्रयोग गरेर अस्ट्रेलियाका विभिन्न नम्बरमा सन्देश पठाएर आतङ्क मच्चाएका थिए ।

प्रतिक्रिया दिनुहोस्