डिप्रेसन निको पार्न स्मृति ध्यान
असार १७ शनिबार,२०७४,विहान उठेदेखि राती ननिदाउँदासम्म हामी जुन जुन काम, क्रिया गर्छौं, ती सबै स्मृतिपूर्वक गर्नुपर्छ, यसबाट धेरै राम्रो हुन्छ । उदाहरणका लागि हामी बिहान उठेर दाँत माझ्छौं, बस्छौं, उठ्छौं, उभिन्छौं, हिड्छौं, खानेकुरा बनाउछौ, खाना खान्छौ, कुराकानी गर्छौ र बेला–बेलामा आँखा खोल्ने, चिम्म गर्ने गर्छौ आदि । यी प्रत्येक कार्य गर्दा स्मृतिपूर्वक गर्नुपर्छ । आफूले श्वास लिने, छोडने लगायत प्रत्येक कार्य स्मृतिपूर्वक गर्नुलाई नै स्मृति ध्यान (माइन्डफुलनेस मेडिटेसन) भनिन्छ ।
हामीहरूले प्राय हरेक काम हतार हतार गर्ने गर्छौं । त्यसो गर्नुभन्दा प्रत्येक काम बिस्तारै र बिस्तारै ध्यान पु¥याएर गर्नु राम्रो हुन्छ । यसो गर्नाले हाम्रो मनले त्यो काममा पूरा ध्यान दिन सक्छ र दिन्छ । हाम्रो मनको ध्यान दिन सक्ने क्षमता बढ्छ र प्रज्ञासमेत बढ्छ । प्रज्ञा भनेको किताब पढेर जानिने ज्ञान होइन यो त आफू भित्रबाट आएको ज्ञान हो।
स्मृति ध्यान शाक्यमुनि बुद्धले सिकाउनु भएको ध्यान हो । यो ध्यान आजकल माइन्डफुलनेस मेडिटेसन नामले चर्चित छ । बुद्धका अनुसार शरीर रूप हो र मनलाई नाम भनिन्छ । अर्थात् नाम–रूपले मन र शरीरलाई जनाउँछ । हामीले प्रत्येक क्षण शररिमा के–के हुन्छ र मनमा के के भएको हुन्छ, याद राख्नुपर्छ । अर्थात् हामीले क्षण–क्षणमा शरीर र मनमा भएका अनुभवलाई ध्यानपूर्वक हेर्नुपर्छ र अनुभव गर्नुपर्छ । यस्तो अनुभव गर्ने कार्यलाई ‘नोइङ थु्र डाइरेक्ट अब्जरभेसन’ भनिन्छ।
हाम्रो मनमा राम्रा विचार आउछन् जसलाई ‘होलसम मेन्टल स्टेट’ भनिन्छ र नराम्रा विचार आउँछन्, जसलाई ‘अनहोलसम मेन्टल स्टेट’ भनिन्छ । उदाहरणका लागि प्रेम, माया, ममता, दया, सहायता गरुँ भन्ने भाव आदि छन् भने ‘होलसम मेन्टल स्टेट’ भयो । रिस, लोभ, घृणा, आदि मनोभाव छन् भने ‘अनहोलसम मेन्टल स्टेट’ भयो।
भिक्षु विवेकानन्द भन्नुहुन्छ – स्मृति ध्यान गर्दा मन सफा हुँदै जान्छ, मेन्टल प्युरिफिकेसन बढ्दै जान्छ र होलसम मेन्टल स्टेट पनि बढदै जान्छ । राम्रो मनोभाव र राम्रा विचारको फल राम्रो हुन्छ भने नराम्रो मनोभाव र नराम्रा विचारको फल नराम्रो हुन्छ । स्मृति ध्यान नियमित र राम्रोसँग ग¥यो भने विस्तारै प्रज्ञा (विज्डम) को विकास हुन्छ भनेर पहिले पनि भनिसकिएको छ । प्रज्ञाको राम्रो विकास भएपछि रिस, राग, दुःख, सुख, आदि हुँदा मन विचलित हुने वा मनमा उतारचढाव आउने हुँदैन।
ध्यानकेन्द्रमै केही महिना बसेर सिकेर स्मृति–ध्यान गर्ने गर्यो भने मन सफा हुन्छ, प्रज्ञाको राम्रो विकास हुन्छ, मनमा हर्ष वा खुसी हुन्छ र मनमा आउने विचार कम हुँदै जान्छन् । यसका साथै मन शक्तिसाली हुन्छ । यसले गर्दा आध्यात्मिक शक्ति बढ्छ, मनलाई कुनै कुराले विचलित गराउन सक्दैन, कुनै कुराले असर पार्न सक्दैन । जसलाई ‘टेफ्लोन माइन्ड भन्ने गरिन्छ ।
नन–स्टिकिङ प्यानमा खानेकुरा पकायो भने टासिन्न, किनकि त्यहाँ टेफ्लोन छापिएको हुन्छ । त्यस्तै मनमा पनि कुनै कुराले असर पार्दैन, अनुभवहरू आउँछन्, जान्छन् । ऐनामा जस्तै अनुभवहरू आउछन्, देखिन्छन तर ऐनालाई असर पार्दैनन् । मनको रिसाइलेन्स पावर बढ्छ अर्थात् कुनै गम्भीर पीडा दिने खालको घटना भए पनि आफू पहिलेकै अवस्थामा छिट्टै आउन सक्ने वा फर्किन सक्ने क्षमता हुन्छ ।
स्मृति ध्यानले डिप्रेसन रोगलाई निको पार्छ । नियमित यस्तो ध्यानको अभ्यास गर्ने गरेमा डिप्रेसनमा फेरि फर्कनेलाई पनि निकै कम गर्छ । ध्यान केन्द्रमै बसेर लामो समय स्मृति ध्यान गर्यो भने आफू आकाशमा उडेको वा बादलमा हिडेको जस्तो अनुभव समेत हुन्छ ।
कतिपय बिरामीहरू डर र चिन्ताका लक्षण लिएर आएका हुन्छन् तिनीहरूलाई स्मृति ध्यानले फाइदा हुन्छ कि ? भनेर मैले प्रश्न गर्दा उहाँ भन्नुहुन्छ फेस दि फियर अर्थात् डरसित डराएर नभाग्नुस् । किन, कसरी, के कारण डर आयो भनेर ध्यानपूर्वक हेर्नुस, डरले शरीरमा के कस्ता लक्षण ल्याएको छ ध्यानपूर्वक हेर्नुस् । त्यस्तै मनमा अरु के के भाव ल्याएको छ हेर्नुस र वाकिङ मेडिटेसन (चक्रमन) गर्नु्स, डर कम भएर जान्छ भन्नुभयो । लुम्बिनी इन्टरनेशनल विपश्यना मेडिटेसन सेन्टर लुम्बिनी गार्डेनको ध्यान गर्ने हलमा ध्यान गरिरहेका महिला तथा पुरुष र बाहिर कम्पाउण्डमा चक्रमन गरिरहेका व्यक्तिलाई पनि हामीहरूले हेर्यौं ।
साभार, स्वास्थ्य खवर