Logo

भरतपुर अस्पतालले स्टाफ नर्स कार्यक्रम सञ्चालन गर्ने

सार १७, शनिवार,२०७४ ,चितवन- भरतपुर अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको प्रमाणपत्र तहमा नर्सिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ।अस्पतालले यसै शैक्षिक सत्रदेखि गुणस्तर वृद्धि गर्न भन्दै प्रतिष्ठान अन्तर्गतको स्टाफ नर्सको कक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो। 
भरतपुर अस्पतालको अनुरोधलाई प्रतिष्ठानको बोर्डले सम्बन्धन दिने निर्णय गरेको हो। नर्सिङ सङ्कायकै स्नातकको पनि चिकित्सा विज्ञान प्रतिष्ठानकै कार्यक्रम सञ्चालन भइरहेको छ । प्रतिष्ठान अन्तर्गत चिकित्सा शास्त्रको स्नातकोत्तर (एमडिएमएस), एनेस्थेसिया एसिस्टेन्ड कार्यक्रम पनि सञ्चालन भइरहेको थियो। यसअघि अस्पतालले सिटिइभिटी अन्तर्गत स्टाफ नर्स कार्यक्रम सञ्चालन गरेको थियो ।

  सीटीईभीटीलाई त्यसबारे जानकारी गराएर कार्यक्रम चलाउने अस्पतालले जनाएको छ। सरकारी अस्पतालमा स्वास्थ्य मन्त्रालय अन्तर्गत निकायको कार्यक्रम सञ्चालन गर्दा गुणस्तर र व्यवस्थापनमा सहज हुने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले बताए। भरतपुर अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवधारणा अनुसार कार्यक्रम सञ्चालन गरिएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताए।

 रासस 

प्रतिक्रिया दिनुहोस्