२० दिनदेखि हराएका व्यापारी सल्यानको जंगलमा मृत अवस्थामा फेलापरे
दस्तावेज संवादादाता असार १७, २०७४- दाङ – तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानको जंगलमा फेला परेको छ। गत जेठ २६ गते अपहरणमा परेका व्यापारी श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका ४ रैजेको जंगलमा फेला परेको प्रहरीले जानकारी दिएको छ।
बिहान ४ बजे दाङ र सल्यानबाट गएको प्रहरीले टोलीले शवको पहिचान गरेको प्रहरीले बताएको छ । अपहरणमा संलग्न व्यक्तिले दिएको जानकारीका आधारमा प्रहरीले सो ठाउँमा गएर शवको पहिचान गरेको हो । शव दाङतर्फ ल्याउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।