Logo

छिन छिनमै खस्छ पहिरो : २२ घण्टादेखि मुग्लिन/नारायणगढ सडक अवरुद्ध

स्तावेज संवादादाता असार १७, शनिवार,२०७४,भरतपुर, चितवन –  नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा शुक्रबार बिहानै पहिरो गएको छ । बिहान साढे आठ बजे गएको पहिरो हटाएर सकिनै लाग्दा उक्त स्थानमा दिउँसो १ बजे पुनः पहिरो खस्यो । दिनभरि पहिरो हटाउने काम गरिए पनि पहिरो हटाउन सकिएन । पाँच घन्टा लगाएर पहिरो हटाउने काम सकिनै लाग्दा फेरि त्यसैमा पहिरो थपिएको हो ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलााम पहिरो खसेर शुक्रबार विहानदेखि अबरुद्ध भएको सडक अझै खुलेको छैन।  पहिलाको पहिरो हटाएर सकिनै लागेको थियो, त्यसैमा फेरि पहिरो गयो ,पानी परिरहेकाले पहिरो थपिने क्रम जारी छ  । छिनछिनमा पहिरो जाने हुनाले यात्रा जोखिमयुक्त बनेको छ ।  रातिसम्म पनि पहिरो हटाउने काम गरिएको थियो । राति काम गर्न मजदुर असुरक्षित महसुस गर्छन् । पहिरोले ५० मिटर सडक ढाकेको छ । करिब आठ हजार घन मिटर पहिरो खसेको छ । एउटा ब्रेकरले ढुंगा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम गरिएको थियो । १२ घन्टासम्म पनि पहिरो हटाउन सकिएको थिएन । पहिरोको कारण स्थानीय एकबहादुर मगरको ज्यान गएको छ ।

६१ वर्षीय मगर पहिरो पन्छाएको हेर्न जाँदा पहिरोले पुरिएका हुन् । पहिरो हटाएर खोज्ने क्रममा उनको शव भीरमा भेटिएको थियो । निकै ठूलो पहिरो खसेपछि यातायात सञ्चालन अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोलामा विहान बर्षासँगै पहिरो खसेको थियो । ठूलो पहिरो गएपछि जाममा परेका सवारी साधन प्रहरीले फर्काएको थियो । पश्चिम जाने सवारी साधनलाई पोखराको बाटो हुँदै पठाइएको थियो । राजधानी जाने सवारी साधन हेटौडको बाटो हुँदै पठाइएको थियो ।

पहिरो हटाउनका लागि चारवटा मेसिन प्रयोग गरिएको छ । पहाडबाट ढुंगा खस्दा पहिरो हटाउन निकै जोखिम छ । पहिरोग्रस्त क्षेत्र मानिने यहाँ ठूलो पहिरो गएका कारण हटाउन निकै समय लागेको हो । मुग्लिनदेखि ९ किलोसम्मको क्षेत्रमा अधिकांश स्थानमा पहिरो खस्ने गरेको प्रहरीले जनाएको छ । पहिरोका कारण हिजोदेखिनै यहाँ सयौ सवारीसाधान अड्किएका छन्। यात्रुहरु प्रभावित भएका छन्। पहिरो नथपिए शनिबार विहानभरमा पन्छाइने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ। कालिखोला आसपास क्षेत्रमा असार महिना लागेपछि दर्जनौं पटक पहिरो खसेर सडक अबरुद्ध पार्दै आएको छ। कालिखोला, तोपेखोला, चार किलो, नौ किलो, साढे दुई किलोमा पहिरो खसिरहने गर्छ ।

त्यसै घुमाउनेमा पहिरोको जोखिम छ । सामान्य पानी पर्दा पनि पहिरो जाने गरेको छ । नारायणगढ/मुग्लिन सडक आयोजनाले भौगोलिक अध्ययन समेत गरेको थियो । त्यस क्रममा २९ स्थानलाई पहिरो आउन सक्ने भनी जोखिम क्षेत्र मानेको थियो । आयोजनका इन्जिनियर शिव खनालले भूकम्प र सडक निर्माण क्रममा चट्टान कटान गर्दा पहिरोको जोखिम बढेको बताउनुभयो । वर्षासँगै पहिरो जाने क्रम बढेको छ । पहिरोका कारण घन्टौं सवारी जाम हुनाका साथै यात्रा पनि जोखिमपूर्ण रहेको छ । मुग्लिन प्रहरीको टोली पहिरो हटाउनेमा केन्द्रित हुने गरेको छ ।

असार १२ गते कालिखोला यसअघि प्रहरीको भ्यान र ट्रक बगाएको स्थलबाट करिब ५० मिटर मुग्लिनतर्फ पहिरो खसेको थियो । चार प्रहरी सहितको भ्यान र ट्रक बगाएको थियो ।मुग्लिन नारायणगढ सडक पुननिर्माणको क्रममा रहेकाले यहाँका भित्तो काटिएको क्षेत्रमा पहिरो खस्ने क्रम यथावत छ ।  मानवीय जोखिम बढेपछि संसदको विकास समितिले स्थलगत अनुगमन समेत गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्