Logo

मतदानमा लाइन लागेकै अवस्थामा दुई वृद्धको निधन

सार १४ बुधबार,२०७४ –  दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्ने क्रममा आज बिहान दुई जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा दमक नगरपालिका–९ स्थित हिमाली टोलका ८५ वर्षीय नरेन्द्र भण्डारी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। भण्डारी दमकस्थित सरस्वती उच्च माविको मतदान केन्द्रमा मतदानका लागि गएका थिए। 

 इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक वीरेन्द्र कोइरालाका अनुसार मतदानका लागि नाम रुजु गरी मतपत्र लिएर मतदान गर्न जानेक्रममा अस्वस्थ भएपछि उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाने क्रममा बिहान ७ः४० बजे बाटोमै मृत्यु भएको हो । मृतक भण्डारी मुटु रोगी रहेको प्रहरीले जनाएको छ । 
  यसैगरी, पाल्पा बगनासकाली गाउँपालिका वडा नं ६ का एक वृद्धको मतदानमा लाइन लागेकै अवस्थामा निधन भएको छ । 
दमका रोगी ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको याम्घा मतदान केन्द्रमा मत दिन लाइनमा बसिरहेका बेला निधन भएको हो ।

 रासस 

प्रतिक्रिया दिनुहोस्