Logo

शरद भेषावकर र निशा अधिकारीले असार १६ गते विहे गर्ने खुलासा

सार १२, २०७४ काठमाडौं – क्रिकेटर शरद भेषावकर र अभिनेत्री निशा अधिकारी को प्रेम झ्याँगिदै विवाहमा परिणत भएको छ । प्रेम र ब्रेकअपको गसिप भएर गुज्रिएको यो जोडी यही असार १६ गते विवाह गर्ने तयारीमा जुटेको छ। उनीहरुले विवाहको कार्ड पनि छापिसकेका छन्। केही वर्षयता शरद र निशाबीच प्रेम सम्बन्ध भएको चर्चा चलेको थियो।

उनीहरु फिल्मी कार्यक्रम र क्रिकेट ग्राउन्डमा सँगै देखिने गरेका थिए। त्यसपछि यो जोडीको ब्रेकअप भएको गसिप पनि चलेका थिए,जसलाई मलजल गरेको थियो शरदसँग ब्रेकअप भएको निशा अधिकारीको अभिव्यक्तिले। उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुलाई बिहेको निमन्त्रणा कार्ड वितरण गरिसकेका छन्।  कार्डको डिजाइन क्रिकेटको ब्याटमा ‘शरद एन्ड निशा’ लेखिएको छ, साथमा क्रिकेट स्ट्याम्प छ। फिल्मको पर्दालाई पृष्ठभूमिमा राखिएको छ। दुबैका आमा बुबा र परिवारका सदस्यहरुको नाम पनि लेखिएको छ।

प्रतिक्रिया दिनुहोस्