Logo

५ वर्षीया बालिका लक्ष्मी शर्माको डुबेर मृत्यु

स्तावेज संवाददातासार २, २०७४, लहान –  सप्तरीको कृष्ण सवरण गाउँपालिका- ३ बस्ने मनोज शर्माकी छोरी ५ वर्षीया छोरी लक्ष्मी शर्माको हरिहरपुर नजिकै रहेको खोलामा डुबेर मृत्यु भएको छ । घरमा कोही नभएका बेला खेल्दै डुमजोर खोलामा पुगेकी ५ वर्षीया लक्ष्मी शर्माको डुबेर मृत्यु भएको हो। 

 वस्तुभाउलाई पानी खुवाउन खोलामा खनिएको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरी चौकी सीतापुरले जनाएको छ। साँझ पर्दै गएपछि बालिकालाई खोजी गर्ने क्रममा डुबेको अवस्थामा मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थल प्रकृति मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाएको जनाएको छ। 

 

प्रतिक्रिया दिनुहोस्