Logo

विवेकशिल नेपाली दलको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

विन गुरुङ,दस्तावेज संवाददाता, जेष्ठ,२० दाङ – नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष एंव सल्लाहाकार सुदिप गौतमले युवा सहभागिता समावेशिता सहितको पुर्ण सहभागिताले मात्रै मुलुक समृद्ध वन्न सक्ने वताएका छन विवेकशिल नेपाली दलले शनिवार घोराहीमा आयोजना गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा वौल्दै गौतमले यस्तो वताएका हुन । विवेकशिल नेपाली दल दाङका अध्यक्ष शोभाराम खनालको अध्यक्षतामा तथा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष एंव सल्लाहाकार सुदिप गौतमको प्रमुख आतिथ्यता एंव नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके शितलको विशिष्ट आतिथ्यताका सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथि गौतमले युवाहरु वर्तमानका हिमायती र राष्ट्र निर्माताका आधार रहेकाले युवाहरुको समान सहभागितको आवश्यकता रहेका वताएका थिए ।

उनले भने ‘अझै युवाहरुको समान सहभागिता अभाव रहेकाले युवाहरुको समान सहभागिता लागि विवेकशिल नेपाली दलले युवा समान सहभागिताको सचेतनाको विकास गर्नु पर्ने वताए । दाङ युवामञ्चका उपाध्यक्ष तथा विवेकशिल नेपाली दलका सदस्य समिर वंलीले युवा अवसर र सहभागिता वारे प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके शितल , त्रिभुवन नगर जेसिजका उपाध्यक्ष मिनराज भाट , महासचिव मुकेश शर्मा विवेकशील नेपाली दल सदस्य ढकराज सुवेदी, सरद पाण्डे लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । विवेकशिल नेपालीदलका सदस्य बसन्त लम्सालले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्