Logo

काबुलमा भिषण आक्रमण,९० को मृत्यु ४ सय घाईते

स्तावेज संवाददाता,काबुल – अफगानिस्तानको राजधानी काबुलस्थित कूटनीतिक नियोगहरु रहेको क्षेत्रमा एउटा आत्मघाती कार बम विस्फोट गराइँदा कम्तिमा ९० मानिस मारिएका र ४०० भन्दा बढी घाइते भएको बताइएको छ।जसमध्ये ५ जना नेपाली हरुपनि घाईते भएको नयाँदिल्लीस्थित दूतावास श्रोतले बताएको छ ।  चारजना सामान्य उपचारपछि घर फर्केका छन भने एक नेपालीको शल्यक्रिया भईरहेको छ । नेपाल सरकारले आक्रमणको भर्त्सना एवं मृतकहरुप्रति श्रद्दान्जली व्यक्त गर्नुका साथै घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बिहानको व्यस्त समयमा जर्मन दूतावास नजिकै अफगानिस्तानकै सबभन्दा सुरक्षित मानिने जानवाक स्क्वायरमा बिहान ८.२५ बजे विस्फोट भएको थियो । मृत्यु भएका अधिंकांश सर्वसाधारण छन । विस्फोट गराइएको थियो। एम्बुलेन्सहरुले घाइतेहरुलाई अस्पताल पुर्याइरहेका छन्। काबुलको आकाशमा ठूलो मात्रामा धुवाँको मुस्लो देखिएको थियो।     शक्तिशाली बिस्फोटले सयौं मिटर टाढाका घरहरुमा पनि विस्फोटका कारण क्षति पुगेको छ। झ्यालका सिसाहरु फुटेको र ढोकाहरु उछिट्टएको बताइएको छ भने ५० भन्दा बढी गाडी ध्वस्त भएका छन् । विस्फोट जर्मन दूतावास नजिकै गरिएतापनि आक्रमणको खास निशाना थाहा नभएको एकजना प्रहरी प्रवक्ताले बताएका छन्। त्यो क्षेत्रमा राष्ट्रपति निवास लगायत थुप्रैवटा महत्वपुर्ण भवन रहेका छन्। केहीले त्यो बम एउटा लरी वा पानीको ट्यांकर भित्र रहेको बताएका छन् भने एकजना कूटनीतिक श्रोतले त्यसमा १५ सय किलो भन्दा बढी विस्फोटक पदार्थ भएको एएफपी समाचार संस्थालाई बताएका छन्। आक्रमणकारीहरु सामान आपुर्ति गर्ने कम्पनीको कर्मचारीका रुपमा पसेको र बिस्फोटक पदार्थ पानी ट्याङ्करमा हालेर लगिएको आशंका गरिएको छ । तीन मिटर अग्ला पर्खालहरु रहेको त्यस्तो सुरक्षित स्थलमा कसरी त्यो लरी छिर्यो भनेर खोजी भैरहेको छ   ।     अफगान राष्ट्रपति अशरफ गनीले उनकै शब्दमा रमजानको पवित्र महिनामा निर्दोष सर्वसाधारणलाई लक्षित गर्दै गरिएको सो कायरतापूर्ण आक्रमणको कडा भर्त्सना गरेका छन्। हमलाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन तर तालेवान र इस्लामिक स्टेटमाथि शंका गरिएको छ। तालेवनले आफू संलग्न नभएको भन्दै तुरुन्तै वक्तव्य जारी गरेको छ। प्रवक्ता जबिहुल्ला मुजाहिदले सो समूहले त्यस्तो अन्धाधुन्ध आक्रमणको भर्त्सना गरेको बताएका छन्।       गत महिना आफ्नो योजना बताउँदै गर्दा तालेवानले विदेशी सेना आफ्नो मुख्य निशाना हुने बताएको थियो । अमेरिकका ८ हजार ४०० र नेटो साझेदारका ५ हजार सैनिक अफगानिस्तानमा छन्। गत महिना उत्तरी शहर मजार-ए शरीफमाथि तालेवानले आक्रमण गर्दा १३५ सैनिक मारिएका थिए र रक्षा मन्त्री र सेनाका कर्मचारी प्रमुखले राजीनामा दिनु परेको थियो। अफगानिस्तानको एक तिहाइ भन्दा बढी भाग सरकारको नियन्त्रण बाहिर गएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्