Logo

अव सम्झनामात्र, गोमा एयरका पाईलटको निधन

जेष्ठ १३,काठमाण्डौं,पाईलट भएर आकाशमा ९ हजार ६ सय ६८ घण्टा उड्दासम्म ४८ बर्षिया पारसकुमार राईलाई केहि भएन । तर शनिवार  अकस्मात काठमाण्डौंबाट लुक्ला उडेको गोमा एयरको नाइन एन एकेवाइ कलसाइन नम्बरको बिमान २ बजेर ५ मिनेट जाँदा सोलुखुम्बुको लुक्ला विमानस्थलमा ल्याण्ड गर्नै लाग्दा  अनियन्त्रीत भएर दुर्घटना भयो। विमानको अगाडि भाग भुइँमा जोतिएपछि पाइलट राई गम्भीर घाइते भए। घाइते पाइलटलाई उद्धारपछि तत्काल लुक्लाको अस्पतालमा पुर्याइयो तर चिकित्सकले उनिलाई बचाउन सकेनन् ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका चपली निवासी राईका श्रीमती र दुई सन्तान छन्। ठूली छोरी पाँच कक्षामा पढ्छिन् भने छोरा १ कक्षामा पढ्छन् । पारसकुमार राईको जन्म सन् १९६९ जनवरीमा  भोजपुरमा भएको थियो। राई २०१४ अप्रिलबाट गोमा एयरमा आवद्ध भएका थिए । उनले गोमा एयरमा आवद्ध भएपछि मात्र एलइटी ४१० को विमान नै १८ सय ४५ घन्टा उडाइसकेका थिए  । उनको पाइलट लाइसेन्स नम्बर (एडीपीइएल नम्बर) २१९ हो। अहिलेसम्म उनले टुइनटर, डोनियर जहाज  उडाइसकेका थिए। अहिले भने उहाँले एलइटी ४१० उडाइरहेका थिए । लुक्लामा दुर्घटना भएको जहाज चेकोस्लाभियामा बनेको हो । व्यवसायमा इमान्दार र मिलनसार राई सबैसँग घुलमिन भएर रमाउन चाहन्थे ।

विमान दुर्घटनामा पाइलटको निधन भएपनि कोपाइलट सिर्जन मानन्धर र एयर होस्टेस प्रज्ञा महर्जन घाइते छन्    ।   कोपाइलट मानन्धर कलंकी निवासी हुन् । एयर होस्टेस प्रज्ञा कीर्तिपुरकी हुन्। उनि २०१५ अक्टुरब ११ मा गोमा एयरमा आवद्ध भएकी हुन् । उनको खुट्टामा गहिरो चोट लागेको छ।

प्रतिक्रिया दिनुहोस्