Logo

नेपाल एयरलाइन्सको जहाजमा प्राविधिक समस्या,मलेसिया र कतार उडान रद्द

स्तावेज संवाददाता,जेष्ठ ४, २०७४ – काठमाडौं नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुर र कतारको दोहामा भर्दै आएको नियमित उडान बन्द गर्ने निर्णय गरेको छ । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार दोहाबाट यात्रु बोकेर बुधबार नेपाल आउने क्रमका जहाजमा प्राविधिक समस्या आएको कारण जहाज दोहा विमानस्थलमा सुरक्षित अवतरण गर्नुपरेको थियो । जहाजमा अचानक समस्या आएपछि अनिश्चित कालको लागि निगमले उडान स्थगित गरेको बताएको छ ।  

         निगमसँग भएको एकमात्रै बोइङ ग्राउन्डेड भएसँगै क्वालालम्पुर र दोहाको उडान बन्द गर्नुपर्ने अवस्था आएको श्रेष्ठले जानकारी दिनुभयो। जसबाट नयाँ दिल्लीको उडानमा पनि केही प्रभाव पर्ने निगमले जनाएको छ। जहाजको प्राविधिक समस्या समाधानका लागि प्राविधिकहरुको खोजी भइरहेको छ ।

        जहाज नबन्दा सम्मका लागि उडान बन्द हुने सुचना समेत जारी भइसकेको छ तर कहिलेसम्म बन्ने हो भन्ने जानकारी आएको छैन  । पहिले नै टिकट लिएका यात्रुलाई भने अन्य एयरलाइन्स सँगको सहयोगमा सेवा दिईएको छ । 

        निगमले दुईवटा एयरबसबाट भने नयाँ दिल्ली, मुम्बई, बैंलोर, दुबई उडान गर्दै आएको छ । निगमको एउटा बोइङ पहिले नै ग्राउन्डेड भएको थियो। पहिलै ग्राउन्डेड भएको बोइङ भने लिलामको प्रक्रियामा छ। भएको एउटा बोइङ पनि ग्राउन्डेड भएपछि अब निगमसँग अन्तर्राष्ट्रिय उडान भर्ने दुई वटा एयरबस मात्रै छन् ।  निगमले दुई वटा वाइड बडी नआउँदासम्म भाडामा जहाज माग गरेपनि कुनै पनि कम्पनीले दिने इच्छा नदेखाएपछि निगमले पुनः टेन्डर गरेको छ । 

प्रतिक्रिया दिनुहोस्