Logo

डोनाल्ड ट्रम्पबाट आफूप्रति ईतिहासकै सबभन्दा नराम्रो खेल खेलिएको आरोप

जेन्सी, जेष्ठ ४, २०७४ -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरुद्ध इतिहासकै सबैभन्दा नराम्रो खेल खेलिंदै गरिएको बताएका छन्।गत वर्षको राष्ट्रपतीको चुनावमा भएको भनिएको रुसी हस्तक्षेपबारे अनुसन्धान अघि बढाउने निर्णयको अमेरिकी कंग्रेसको दुबै पक्षका सदस्यहरुले स्वागत गरे लगत्तै ट्रम्पले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

                    पूर्व एफबीआई प्रमुख रोबर्ट मुलरलाई गत वर्षको अमेरिकी राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपको अनुसन्धानको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ। सो कदमको कंग्रेस सदस्यहरुले स्वागत गरिसकेका छन् । ट्रम्पले ट्वीटर मार्फत पछिल्लो परिस्थिति “कुनै राजनीतिज्ञ विरुद्ध अमेरिकी इतिहासकै एकमात्र सबभन्दा नराम्रो प्रयास” भनी लेखेका छन् । उनले आफ्नी प्रतिद्धन्दी हिलारी क्लीन्टन र पूर्व राष्ट्रपति बाराक ओबामामाथि पनि यस्तै खाले अनुसन्धान किन गरिएन भन्ने प्रश्न गरेका छन्।

प्रतिक्रिया दिनुहोस्