Logo

साइबर आक्रमणमा उत्तर कोरियाको संलग्नता रहेको पुष्टी

जेन्सी,जेठ,२,काठमाण्डौं,विश्वका १५० देशका कम्प्युटरलाई प्रभावित तुल्याएको पछिल्लो साइबर आक्रमणमा उत्तर कोरियाको संलग्नता रहेको हुनसक्ने विज्ञहरुले बताएका छन्।सुरक्षा विशेषज्ञहरुले पछिल्लो साइबर आक्रमणमा पनि उत्तर कोरिया संलग्न रहेको भनिएको साइबर हमलामा प्रयोग गरिएको जस्तै कम्प्युटर ‘कोड’हरु फेला परेको बुझिएको छ । तर विश्लेषकहरुले साइबर आक्रमण उत्तर कोरियाबाटै भएको भनेर अहिले नै ठोकुवा गर्न नमिल्ने बताएका छन् । 

              यस्तो आशंकाबारे उत्तर कोरियाको औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन । गत शुक्रबार विश्वभर बैंक , अस्पताल र सरकारी कार्यालयका कम्प्युटरहरुमा मलवेरले असर गरेको थियो जसका कारण कम्प्युटरहरुले काम गर्न छोडेका थिए।सो मलवेर देखिएपछि कम्युटरहरु पुन: सामान्य अवस्थामा फर्काउन अनलाइन मार्फत फिरौती रकम मागिएको थियो।चीनले पछिल्लो साइबर आक्रमणबाट आफ्ना विश्वविश्वविध्यालयका कम्प्युटहरुमा पहिले अनुमान गरिएजति धेरै प्रभाव नपरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्