Logo

मकवानपुरमा पाँच करोडको ठेक्कामा बदमासी

त्रिभुवनराजपथ सडकमा अक्सपाल पिच गर्दा सुरुबाटनै त्रुटी

हेटौंडा- हेटौंडाबाट काठमाण्डौंं पुग्ने त्रिभुवनराजपथ अन्तरगत अघोर सिम भन्ज्याङ सडक खण्डमा ६ किलोमिटर सडकमा अक्सपाल पिच गर्ने काम सुरुवात गरिदै छ । तर, यो सडकमा पिच गर्नु भन्दा पहिले देखिनै बदमासी सुरु भएको स्थानीय वासिन्दाहरुले वताएका छन् ।

छ किलोमिटर सडकमा अक्सपाल पिच गर्नका लागि शिखर इन्जिनियर प्रालिलाई ठेक्का दिइएको हो । तर, काम सुरु गरेको निर्माण कम्पनिले सुरुमा खाल्डा पुर्ने काममानै बदमासी सुरु गरेको छ । सबै क्षेत्रको खाल्डा पुरेर पछी त्यसमाथी पिच गर्नेगरी ठेक्का दिइएको सडक डिभिजन कार्यालय हेटौंडाका डिभिजन प्रमुख राजेश कुमार यादब बताउनुहुन्छ । सडक पुर्ने काममानै कार्यालयले तोकिएको मापदण्ड पुरा नगरीकन ससाना गिट्टीहरु सडकमा त्यसै छरेर उल्टै दुर्घटनाको जोखिम बढाइएको स्थानीय प्रतक्षदर्शीहरु वताउँछन् ।

खाल्डो भएको र सडक नमिलेको स्थानमा पुरेको गट्टीहरु सडकमा असरल्ल छरिएका छन् । ठेक्का संझौता गर्दा र सडक डिभिजन कार्यालय हेटौंडाले तोकिएको मापदण्ड विपरित काम गरेको पाइएको छ । पहिले खाल्डो पुरेर माथीबाट अक्पाल पिच गर्नुपर्ने हुन्छ । तर, मुनीको भागलाई तोकिएको मापदण्ड भन्दा पनि छारा टार्नेगरी काम गरिएको स्थानीइको भनाई छ ।

डिभिजन प्रमुख यादब भने अहिले खाल्डा पुर्ने काम मात्र रहेको र पछी सबै काम हुने वताउनुहुन्छ । छ किलोमिटर सडक निर्माण गर्दा सरकारी बजेट ५ करोड रुपैयाँ खर्च गर्नेगरी संझौता गरिएको छ । तर, रकम भुक्तानी लिने, तर, काममा झारा टार्नेगरी शिबशिखर इन्जिनियरिङ प्रालिले काम गरेको हो । टालिएको खाल्डाखुल्डी पनि एक साता नपुग्दै भत्केर पहिलेको भन्दा जोखिमपूर्ण बनेको छ । कम गुणस्तरको काम भएपछि स्थानीय र यात्रुहरुले गुनासो गरेपछि पनि त्यसमा कुनैपनि सुधार ल्याइएको छैन ।

प्रतिक्रिया दिनुहोस्