Logo

सरकारले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्रकान्त भण्डारीलाई झण्डै ५६ लाख रुपैयाँ आर्थिक सहयोग दिने

सरकारले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्रकान्त भण्डारीलाई झण्डै ५६ लाख रुपैयाँ आर्थिक सहयोग दिने भएको छ । आगालागीमा परेर घाइते भएका डा. भण्डारीको उपचारमा सघाउन अर्थमन्त्रालयले उनलाई ५५ लाख ८८ हजार १ सय ६४ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको हो ।

डा. भण्डारी फागुन ३ गते राति आफ्नै निवासमा खाना पकाउने ग्यास दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । ग्यास लिक भएर स्पार्क निस्किँदा उनी र उनकी आमा हरिकला घाइते भएका हुन् ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गर्ने क्रममा उनकी आमा हरिकलाको ४ गते बिहान निधन भएको थियो भने डा. चन्द्रकान्तलाई सोही दिन उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगि भर्ना गरिएको थियो ।

डा. भण्डारीको सचिवालयले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ । सामाजिक सञ्जाल मार्फत दिइएको जनकारी अनुसार उनलाई सामान्य आहार दिन थालिएको छ ।

फागुन ११ गते बसेको मन्पिरिषद्को बैठकले डा. भण्डारीको उपचार खर्च ब्यहोर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम फागुन महिनाको उपचार खर्च निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्