Logo

लैंगिक उत्तरदायी सामाजिक सुरक्षा र सार्वजनिक खरिद सम्बन्धि नीतिहरुका विषयमा एकदिने छलफल कार्यक्रम सम्पन्न

वूमन एक्ट र पौरखी नेपालको नामक संस्थाको संयुक्त आयोजनामा “नेपालमा लैङ्गिक उत्तरदायी सामाजिक सुरक्षा र सार्वजनिक खरिद सम्बन्धी नीतिहरूका विषयमा छलफल कार्यक्रम” सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपालमा लैङ्गिक उत्तरदायी सामाजिक सुरक्षा र खरिद सम्बन्धी नीतिहरू कति प्रभावकारी छन् र नेपालमा भएका विविध विपन्न वर्गलाई कस्तो सामाजिक सेवा/भत्ता उपलब्ध गराइएको छ सो सेवा सबै वर्ग क्षेत्र सँग पुगेका छन् कि छैनन् भन्ने विषयमा छलफल गरिएको थियो ।

वरिष्ठ  समाजसेवी तथा वूमन एक्ट संस्थाकी कार्यकारी अध्यक्ष सृजना अधिकारीको  सभापतित्वमा  सम्पन्न कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. रामकुमार फुयाँल हुनुहुन्थ्यो।

राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य तथा महिला अधिकार विज्ञ डा. उषा झा त्यसै गरी नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयकी कानुनी अधिकृत श्री प्रशंसा अधिकारी , वरिष्ठ समाजसेवी दीपशिखा शर्मा र  तिर्सना थापा लगायत सामाजिक क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

विभिन्न सङ्घ  संस्था तथा पत्रकार गरी सयौँ उपस्थिति रहेको सो कार्यक्रम एल्लो प्यागोडा होटेलमा गरिएको थियो भने कार्यक्रममा उपस्थित व्यक्तिहरूले सामाजिक सुरक्षामा परेको असर र समाधानका विकल्पका बारेमा सुझाव दिएका थिए। त्यसैगरी कार्यक्रममा राष्ट्रिय योजना आयोगका पदाधिकारी सँग पत्रकार तथा समाजसेवी राजन थापाले ‘जुन सरकारले दिने भनेका विभिन्न किसिम का सुविधाहरु छन् , जो सरकारमा पहुँचवाला  छ उसले मात्र पाउँछ नत्र पहुँच नभएकाले किन पाउन सक्दैन?’ भन्दै स्पष्टिकरण  मागेका थिए।

प्रतिक्रिया दिनुहोस्