Logo

ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा बीच सम्झौता सम्पन्न

ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा लिमिटेड बीच सहुलियत कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल, रिसोर्ट एवम् स्पामा उपलब्ध भएका सेवारसुविधा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । बैंकको बजार तथा व्यवसाय पवर्द्धनमा प्रमूख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा लिमिटेडका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात ल्याण्डमार्क होटल रिसोर्ट काठमाडौं, पोखरा तथा चितवनमा रहेका होटलहरुबाट उपलब्ध सेवा तथा सुविधाहरु ग्लोबल आइएमई बैंकको डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इ–बैंकिङ्ग तथा QR कोड प्रणाली मार्फत भुक्तानी गर्दा बैैंकका ग्राहक तथा कर्मचारीहरुले छुट पाउने छन् । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु समक्ष सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्