अजोड इन्योरेन्सको हकप्रदको प्रस्ताव स्थगित
![](https://karobaraja.com/wp-content/uploads/2021/04/AJOD-English.jpg)
अजोड इन्स्योरेन्सले हकप्रदको प्रस्ताव स्थगित गरेको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि गत चैत १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५० प्रतिशत अर्थात् २ः१ कित्ताका दरले हकप्रद दिने निर्णय गरेको थियो ।
तर बीमा समितिले त्यसमा रोक लगाएपछि कम्पनीलाई उक्त प्रस्ताव स्थगत गरेको हो । कम्पनीले साधारण सभामा विशेष प्रस्तावमा हकप्रदको प्रस्ताव पेश गर्ने उल्लेख गरेको थियो । यसअघि चैत २३ गते बीमा समितिले हकप्रदको प्रस्ताव स्थगन गर्नका लागि पत्राचार गरेको थियो ।