Logo

कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा ‘रञ्जना सटर धनी संघ’ गठन

काठमाण्डौं – न्यूरोडको रञ्जना ट्रेड सेन्टरका सटर धनीहरू संगठित भएका छन् । व्यवस्थापन पक्ष, व्यवसायी र सटर धनीबिच समन्वयन गर्नका लागि रञ्जना सटर धनी संघ गठन गरिएको छ । विभिन्न समस्याहरूलाई समाधान गर्नका लागि कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको हो । सटर धनीहरूको माघ २४ गते सम्पन्न पहिलो बृहत् भेलाले त्रिपक्षीय समन्वयन गर्ने र एक आपसमा व्यवसायीक वातावरण निर्माण गर्ने हेतुले समिति गठन गरेको अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताउनुभयो ।
समितिमा भूषण राजलवट उपाध्यक्ष, विनय कुमार अग्रवाल सचिव, अमोद श्रेष्ठ कोषाध्यक्ष तथा माधव प्रसाद तिमिल्सिना सहकोषाध्यक्ष रहेका छन् । यसैगरी सदस्यहरूमा अजय कुमार मजेठिया, सुलभ श्रेष्ठ, गंगा बहादुर घिमिरे, राधेश्याम दाहाल, माधव चौलागाईं, मुफीज उद्यीन, रेजा शाह, उमा उप्रेती खरेल र आशा मिण्डा सर्वसम्मत रहेका छन् ।
संघले वर्तमान अवस्थामा खुम्चिएको अर्थतन्त्रलाई सक्रिय बनाउनका लागि विभिन्न योजनाहरू तर्जुमा गरी विभिन्न पक्षसँग समन्वयन गर्ने भएको छ । व्यवसायीक केन्द्रका रूपमा रहेको न्यूरोड कोभिडका कारण पूर्ण सक्रिय हुन नसकिरहेका बेला रञ्जना ट्रेड सेन्टरका सटर धनीहरूले रञ्जना सटर धनी संघ गठन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्