Logo

ट्वीटरद्दारा ट्रम्पका कट्टर समर्थक तथा गलत सूचना दिने ७० हजार खाता बन्द

काठमाण्डौं – सामाजिक संजाल ट्वीटरले राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक तथा गलत सूचना दिने ७० हजार ट्वीटर खाता बन्द गरेको छ । गत हप्ता जनवरी ६ मा सदनमा ट्रम्पका समर्थकले गरेको हमला र उत्पात पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक संजाल ट्वीटर खाता बन्द गरेको थियो ।

ट्रम्पका अनुयायी धेरै भएको र उनले लेखे पछि अझ वातावरण धमिलिन्छ र हिँसा बढ्ने कुरालाई ध्यानमा राख्दै खाता स्थायी रुपमा बन्द गरेको थियो । यसै गरि गत सोमबार ट्वीटरले ७० हजार ट्रम्पका समर्थकहरु जस्ले गलत सूचना दिनेका गरेका छन् उनीहरुलाई प्रतिबन्ध लगाएको छ ।

क्वानन कन्स्पीरेसी (षडयन्त्र सिद्धान्त)मा संलग्न भएका ७० हजार को खाता बन्द गरेको जनाएको छ । उनीहरु गत हप्ता सदनमा धावा बोल्ने,तोडफोड गरि भित्र समेत पसेका थिए ।

यसले हिंसालाई उक्साउने, आक्रमण गर्ने योजना बनाउने, र चुनावको बारेमा नियतपूर्ण भ्रामक जानकारी शेयर (साझा) गर्नका लागि हाम्रो सेवामा भएको कुराकानीलाई जोगाउन गत हप्ता दंगा पछि भएको प्रयासको रूपमा खाताहरू हटाएको छ भनि उल्लेख गरेको छ।

“हामी स्पष्ट भएका छौं कि हामी व्यवहारमा कडा प्रवर्तनको कारवाही गर्नेछौं । वाशिंगटन डीसीमा भएका हिंसात्मक घटनाहरू र हानिकारक जोखिमलाई निरुत्साहित गर्न हामीले शुक्रबार दिउँसो क्युएनन सामग्री साझा गर्न समर्पित हजारौं खाताहरू स्थायी रूपमा निलम्बन गर्न थाल्यौं, ” भनेको छ ।

प्रतिबन्धबाट प्रभावित व्यक्तिहरु मध्ये धेरैले “धेरै खाताहरु राखेका थिए” जसले क्युएएनएन षडयन्त्र सिद्धान्तको वरपरका सामग्री साझा गरेका थिए । जसले राष्ट्रपति ट्रम्प लोकतान्त्रिक राजनीति र भूमिगत बालबालिकाको तस्करीमा चलेको संस्थालाई सम्बोधन गर्ने काम गरिरहेका छन भन्ने आधारहीन दावी गर्दछन। भनी बिज्ञप्तिमा भनेको छ ।

श्रोत – द हिल

प्रतिक्रिया दिनुहोस्