Logo

विश्व हिन्दु महासंघद्धारा आयोजित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औ जन्म जयन्ती भव्यतापूर्वक सम्पन्न

काठमाण्डौं — विश्व हिन्दु महासंघद्धारा आयोजित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष डा. रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको “ वैदिक सनातन धर्मको संरक्षणमा पृथ्वीनारायण शाहको योगदान” बिषयक बिचार गोष्ठीमा प्रमख अतिथी डा.रामशरण महतले पृथ्वीनारायण शाहको खुलेर प्रशंसा गर्नुभएको थियो ।

सो समारोहमा बिशिष्ट अतिथीहरु ,नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्त, वाचन प्रविण एवं यस संस्थाका बिशिष्ट सल्लाहकार पं दिनबन्धु पोखरेल ,तथा बिभिन्न धर्मगुरुहरुले पृथ्वीनारायण शाहको योगदानको बारेमा प्रकाश पार्नुभएको थियो ।

उक्त विचार गोष्ठीमा स्वागत भाषण संस्थाका उपाध्यक्ष तथा बागमती प्रदेश प्रमुख प्रविण घिमिरेले गर्नुभएको थियोभने उद्घोषण उपाध्यक्ष भक्तराज भुसालबाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्